१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदका पदाधिकारीहरुको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित



अ+ अ-

काठमाडौ । उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदका पदाधिकारीहरुको सपथग्रहण समारोहमा अनुपस्थित हुनु भएको छ ।

लामो समय देखी रिक्त रहेको विभिन्न संवैधानिक निकायहरुमा सिफरिस भएका व्यक्तिहरुको राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथग्रहण समारोहमा पुन र सापकोटा अनुपस्थित हुनुभएको हो ।

परिषद्को बैठक बस्ने प्रक्रियादेखी नै बिमती राख्दै आउनुभएका सभामुख सापकोटाले सार्बजनिक रुपमा नै निर्णय प्रक्रिया र नियुक्तिमा असहमति व्यक्त गर्दे आउनुभएका कारण अनुपस्थित हुनु भएको हो  । यसै गरी उपराष्ट्रपति पुन भने स्वास्थ्यको कारण अनुपस्थित रहनु भएका उहाँको सचिवालयल जनाएको छ ।