२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा भूकम्प, पूर्वीतटीय विमानस्थलबाट उडान रोकिए



अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै क्षति नभएको अमेरिकी प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो । न्यूयोर्कका मेयर एरिक एडम्सका प्रवक्ता फेबियन लेवीले क्षतिको कुनै खबर नआएको जनाएका छन् ।

घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडान रोकिएका थिए ।

अमेरिकाको न्यूयोर्क र न्यू जर्सीमा प्राय: साना भूकम्प आउँछन् र धेरैजसो त्यसलाई ध्यान दिँदैनन् । सन् २०२३ को मे महिनामा यहाँ २.२ म्याग्निच्युडको भूकम्प गएको थियो । सन् २०२३ को अप्रिलमा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सन् २०११ मा भर्जिनियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूयोर्कमा सबैभन्दा ठूलो भूकम्प सन् १८८४ मा गएको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड थियो । सन् २००८ मा गरिएको एक अध्ययन अनुसार न्युयोर्क र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहे पनि सय वर्षमा एकपटक मात्रै आउने गरेको छ । सोही अध्ययनमा यहाँ हरेक ३४०० वर्षमा ७ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहेको बताइएको छ ।