२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा भूकम्प, पूर्वीतटीय विमानस्थलबाट उडान रोकिए



अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै क्षति नभएको अमेरिकी प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो । न्यूयोर्कका मेयर एरिक एडम्सका प्रवक्ता फेबियन लेवीले क्षतिको कुनै खबर नआएको जनाएका छन् ।

घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडान रोकिएका थिए ।

अमेरिकाको न्यूयोर्क र न्यू जर्सीमा प्राय: साना भूकम्प आउँछन् र धेरैजसो त्यसलाई ध्यान दिँदैनन् । सन् २०२३ को मे महिनामा यहाँ २.२ म्याग्निच्युडको भूकम्प गएको थियो । सन् २०२३ को अप्रिलमा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सन् २०११ मा भर्जिनियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूयोर्कमा सबैभन्दा ठूलो भूकम्प सन् १८८४ मा गएको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड थियो । सन् २००८ मा गरिएको एक अध्ययन अनुसार न्युयोर्क र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहे पनि सय वर्षमा एकपटक मात्रै आउने गरेको छ । सोही अध्ययनमा यहाँ हरेक ३४०० वर्षमा ७ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहेको बताइएको छ ।