२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम र बझाङमा आज उम्मेदवारी दर्ता गरिँदै



अ+ अ-

काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

इलामको प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङको प्रदेशसभा १ (क)मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ क्षेत्र खाली थियो । यहाँ नेकपा एमालेले सुवासका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । यसैगरी नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्का चुनावी मैदानमा छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीबाट डाकेन्द्रसिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुले आज मनोनयन दर्ता गर्दै छन् । नेकपा एमालेले भने एमालेका उम्मेदवार सुहाङलाई सघाउने निर्णय गरिसकेको छ ।

यसैगरी बझाङमा पनि आजै उम्मेदवारी दर्ता गरिँदै छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।