२० माघ २०८१, आईतवार
,
Latest
नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार आसनग्रहण गरिरहेको अवस्थामा एक्कासी ढलेका सांसद भट्टको स्वास्थ्य अवस्था कस्तो छ ? अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीसंग गुहार: रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल होस



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन अनुरोध गरेको छ ।

अभियानले आज मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिनुभयो ।


गृहमन्त्री लामिछाने भन्नुभयो ‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु । नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आजभोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्रीसमक्ष मागसमेत गरेका थिए ।