११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमारी झाक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकि नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । 

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकि नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाहि गर्न माग गरेको हो । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि ब्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । अनेम संघकि नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताउनुभयो ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जानकारी दिनुभयो ।