१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

मधेस प्रदेशका जनताकै कारण देशमा संघीयता आएको हो: मुख्यमन्त्री यादव

मधेस प्रदेशका जनताकै कारण देशमा संघीयता आएको हो: मुख्यमन्त्री यादव
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।
अ अ+ अ-

जनकपूरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा संघीयता मधेस प्रदेशका जनताकै कारण आएको बताउनुभएको छ ।

उहाँले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताउनुभएको हो । उहाँले शुक्रवार जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तह बीचको समन्वयलाई व्याख्या नगरि संघीयतालाई नै कमजोर गर्ने काम गरेको बताउनु भयो । उहाँले संघीयता भएपनि संघ सरकारल अधिकार हस्तन्तरण नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमा संघीयता ल्याउने मधेस प्रदेश नै हो । मधेस प्रदेशका हामी सम्पूर्ण जनताले आन्दोलन गरेबापत यो देशमा संघीयता आएको हो । संघीयता आएपछि यो मधेस प्रदेशमा जुन विकास भएको छ नि, संघीयता आएपछि नै भएको हो । नत्र बहुदल व्यवस्था ३२ वर्ष बढी भइसक्यो यो देशमा २५ वर्षमा मधेसमा बहुदलिय व्यवस्था भएपनि विकास हुन सकेको छैन । बहुदल आएपनि मधेस प्रदेशका जनतालाई विभेद गरेर राखेकै हो त । आज पनि संघीयता भएपनि संघ सरकारले जुन प्रकारको अधिकार दिनुपर्ने हो, उनीहरुले नै बनाएको संविधान हो, अधिकार दिएका छैनन् । अहिले बनेको संविधान मधेस प्रदेशका जनताले स्वीकार गरेको संविधान होइन । हामीमाथि लादेको हो । त्यही कार्यान्वयन गर्न पनि सरकारको कठिनाइ छ ।’

उहाँले संघीयता सबैलाई चाहिने भएपनि कार्यान्वयन गर्न नसकेको जिकिर गर्नुभयो । संघीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै उहाँले स्थानीय तह र प्रदेश सरकारलाई एक जुट भएर अघि बढ्नुपर्ने बताउनु भयो । स्थानीय तहको परिषद बैठकमा समेत प्रदेशसभा सदस्यहरुलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराईए स्थानीय तहलाई फाइदै हुने बताउनु भयो ।