काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाललाई सर्वोच्च अदालतले लिखित जवाफ दिन आदेश दिएको छ ।
बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालतको अवहेलना रिटमाथिको लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
दाहालविरुद्ध सर्वोच्चमा अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि 'हेर्न नभ्याइने' भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।
निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन संसद विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।