• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

प्रचण्ड-नेपाल समूहले भोलि गर्ने आम हड्तालमा के-के बन्द हुनेछन्



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायका पदाधिकारी नियुक्तीको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरि प्रचण्ड–माधव समूहले सरकारको असंवैधानिक कदम विरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान गर्नुपरेको बताउनुभयो । सरकारको प्रतिगमनकारी कदम विरुद्ध आन्दोलनरत रहेकै बेला असंवैधानिक र गैरकानूनी ढंगले संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफुहरु बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।  

उहाँले भन्नुभयो, “सरकारको प्रतिगमनकारी कदम विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि शान्तिपुर्ण आन्दोलनरत रहेकै बेला असंवैधानिक ढंगले, गैरकानूनी ढंगले लोकतान्त्रिक मुल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

याे पनि हेर्नुहाेस्

संवैधानिक आयोगमा नियुक्त ३८ जना पदाधिकारीहरुद्वारा शपथ ग्रहण (भिडियो सहित )

प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गर्नुभयो । उहाँले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपुर्ण हुने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो “हामीले शान्तिपुर्ण आन्दोलन नै अघि बढाउने प्रतिवद्धता व्यक्त  गरेका छौ । अबको आन्दोलन पनि शान्तिपूर्ण नै हुन्छ । तर अहिले हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

पत्रकार सम्मेलनमा विप्लब समूहसंग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उहाँले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रुपमा नलिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी विप्लबसँग वार्ता गर्ने, शान्तिपुर्ण रुपमा राजनीतिक समस्याको समाधान गर्ने प्रक्रिया कहीँ कतैबाट हुन्छ भने त्यसलाइ सधै स्वागत गर्छाैं । सकारात्मक रुपमा लिन्छौ । तर यो नाटक हो । यो कुनै सुनियोजित पुर्वक सदासयतापूर्वक गरेको इमान्दार पहलकदमी होइन भन्ने हाम्रो ठहर छ । ”

कार्यक्रममा देशव्यापी आमहड्ताल बारे नेतृ पम्पा भुसालले जानकारी गराउनुभएको थियो । उहाँले आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधी लगायत अत्यावश्यक सेवाहरु सुचारु हुने स्पष्ट पार्नुभयो । यसअघि २२ गते का लागि तय भएको यवा र्याली कार्यक्रम माघ २८ गते पछि गर्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।

बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएपछि प्रचण्ड माधव समूहले त्यसको विरोधमा आमहड्ताल आव्हान गरेको हो ।