२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

प्रचण्ड-नेपाल समूहले भोलि गर्ने आम हड्तालमा के-के बन्द हुनेछन्

प्रचण्ड-नेपाल समूहले भोलि गर्ने आम हड्तालमा के-के बन्द हुनेछन्
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायका पदाधिकारी नियुक्तीको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरि प्रचण्ड–माधव समूहले सरकारको असंवैधानिक कदम विरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान गर्नुपरेको बताउनुभयो । सरकारको प्रतिगमनकारी कदम विरुद्ध आन्दोलनरत रहेकै बेला असंवैधानिक र गैरकानूनी ढंगले संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफुहरु बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।  

उहाँले भन्नुभयो, “सरकारको प्रतिगमनकारी कदम विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि शान्तिपुर्ण आन्दोलनरत रहेकै बेला असंवैधानिक ढंगले, गैरकानूनी ढंगले लोकतान्त्रिक मुल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

याे पनि हेर्नुहाेस्

संवैधानिक आयोगमा नियुक्त ३८ जना पदाधिकारीहरुद्वारा शपथ ग्रहण (भिडियो सहित )

प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गर्नुभयो । उहाँले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपुर्ण हुने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो “हामीले शान्तिपुर्ण आन्दोलन नै अघि बढाउने प्रतिवद्धता व्यक्त  गरेका छौ । अबको आन्दोलन पनि शान्तिपूर्ण नै हुन्छ । तर अहिले हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

पत्रकार सम्मेलनमा विप्लब समूहसंग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उहाँले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रुपमा नलिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी विप्लबसँग वार्ता गर्ने, शान्तिपुर्ण रुपमा राजनीतिक समस्याको समाधान गर्ने प्रक्रिया कहीँ कतैबाट हुन्छ भने त्यसलाइ सधै स्वागत गर्छाैं । सकारात्मक रुपमा लिन्छौ । तर यो नाटक हो । यो कुनै सुनियोजित पुर्वक सदासयतापूर्वक गरेको इमान्दार पहलकदमी होइन भन्ने हाम्रो ठहर छ । ”

कार्यक्रममा देशव्यापी आमहड्ताल बारे नेतृ पम्पा भुसालले जानकारी गराउनुभएको थियो । उहाँले आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधी लगायत अत्यावश्यक सेवाहरु सुचारु हुने स्पष्ट पार्नुभयो । यसअघि २२ गते का लागि तय भएको यवा र्याली कार्यक्रम माघ २८ गते पछि गर्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।

बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएपछि प्रचण्ड माधव समूहले त्यसको विरोधमा आमहड्ताल आव्हान गरेको हो ।