५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाइयो : प्रचण्ड

जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाइयो : प्रचण्ड
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको छ ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको हो । उहाँले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रुपमा समायोजन गर्ने नीतिगत निर्णय आफुले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्दका कमाण्डरहरुलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष प्रचण्डले आफु पहिलो पल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि उक्त निर्णय लुकाईएको बताउनुभयो । उहाँले जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरेपनि अस्वीकार गरेको पनि बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राख्नुभयो । केही महिनाभित्रै प्रतिगमनविरुद्दको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पुरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गर्नुभयो ।