२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ बिन्दुमा, ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २ हजार ४६६.९२ विन्दुमा पुगेको छ । 

बुधबार कारोबारमा आएका २०२ वटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९१ हजार ५५९ पटकमा रू. ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ बराबरको शेयर खरीदविक्री भएको हो । 

सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५५२ पुगेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरणको लागि साधारण सभा मिती तय गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्नको लागि आगामी फागुन १३ गते साधारण सभा बोलाएको छ । माघ २९ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् । त्यसैगरी जनउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् समूहको १.०४ प्रतिशत, लघुवित्त समूहको ०.०२ प्रतिशत, बैकिङ्ग समूहको परिसूचक ०.२४ प्रतिशत र म्युचुअल फण्डको ०.३८ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको छ । 

बुधबारको कारोबार दिनमा सर्वाधिक कारोबार भने ग्लोबल आइएमई बैंकको भएको छ । उक्त कम्पनीको रू. ५६ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको रू. ३२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

बुधबारको कारोबारमा सबैभन्दा बढी पोखरा फाइनान्स कम्पनीको शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य  ७.८८ प्रतिशतले घटेको हो । उक्त कम्पनीको शेयर मूल्य बुधबार प्रतिकित्ता रू. २६९ कायम भएको छ ।

केहि दिन अघिसम्म कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको थियो । बजार केहीमात्रामा करेक्सन भएसँगै लगानीकर्ताले अल्पकालिन नाफा बुक गरेकाले बजार घटेको हो । कारोबारको शुरुवाती समयमा नेप्से २ हजार ५०० अंकमा पुगेको थियो ।