१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा



अ+ अ-

काठमाडौ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदबहाली गरेकै दिन अर्का आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिनु भएको छ ।  यसअघि तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेको कार्यकाल सकिएपछि जोशीले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।  

राष्ट्रपति कार्यालयले आयुक्त जोशीले राजीनामा दिएको विज्ञप्ति मार्फत जनाएको छ । जोशी नवनियुक्त प्रमुख आयुक्त राईको पदबहाल कार्यक्रममा समेत उपस्थित हुनु भएको थिएन । अर्का आयुक्त सावित्री थापा गुरुङले भने राईलाई स्वागत गर्दै पदबहाली कार्यक्रममा सरिक हुनु भएको थियो ।

बुधबार नै प्रमुख आयुक्त राईसँगै आयुक्तहरु किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पद तथा गोपनीयताको सपथ लिएर पदबहाली गर्नु भएको छ ।