१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम
अ अ+ अ-

सौराहा । चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ ।

बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट निस्कने फोहर नदीमा मिसाउँदा जलीय पर्यावरणमा असर परेको हो । साथै नदीजन्य निर्माण सामग्रीको अत्यधिक दोहनले नदीको प्राकृतिकस्वरुप सङ्कुचन भएको छ । नदी क्षेत्रमा बालुवाको ‘रास’ कम हुँदा प्राकृतिकरुपमै पानी फिल्टर हुने प्रक्रियामा बाधा पुगेको छ ।

काभ्रे र मकवानपुरको डाँडाबाट सुरु भई बग्ने राप्ती नदी ससाना अन्य नदी तथा खोला सङ्कलन गरेर इन्द्रसरोवर जलाशय हुँदै हेटौँडा भएर चितवनतर्फ बग्ने गर्दछ । चुरेको दक्षिण सिमाना भएर बग्ने यो नदी पर्सा र चितवन राष्ट्रिय निकुञ्जका जीवजन्तुको पिउने पानीको मुख्य स्रोत हो ।

राप्ती नदीको प्रदूषणको अवस्थाबारे अध्ययन गर्नुभएका काठमाडौँ विश्वविद्यालयका प्रा डा सुवोध शर्माले नदीको प्रदूषण र नदीजन्य सामग्रीको जथाभावी उत्खनन ठूलो समस्याका रुपमा रहेको बताउनुभयो । उहाँले चितवनअन्तर्गत नदी आसपास ७१ उद्योग रहेका र उद्योगबाट निस्कने फोहर र तरल पदार्थ प्रत्यक्ष/अप्रत्यक्षरुपमा नदीमै मिसिने गरेको बताउनुभयो ।

हेटाँैडा क्षेत्रमा नदी आसपासमा ६२ उद्योग भए पनि त्यहाँ औद्योगिक क्षेत्र भएकाले उद्योगले शुद्धीकरण गरेर फोहर विसर्जन गर्ने गरेका छन् । चितवनमा भएका उद्योग छरिएर रहेकाले शुद्धीकरणका लागि सो व्यवस्था गर्न खर्चिलो हुन्छ ।

नदी आसपास सिमेन्ट कारखानाका साथै कपडा र साबुन उद्योग, रक्सी र बियर उत्पादक उद्योग, बोटलिङ र अन्य बहुर्राष्ट्रिय कम्पनी रहेका छन् । राप्तीमा मिसिने लोथर र मनहरा दक्षिणतिर बग्ने नदी हुन् भने दक्षिणबाट उत्तरतिर अन्य ससाना आधा दर्जन नदी र खोला छन् । राप्तीमा मिसिने अन्य नदी र खोलाले पनि प्रदूषण बोकेर ल्याउछन् ।

“नदीको प्रदूषण नियन्त्रण र उत्खनन बन्द नगर्ने हो भने पर्सा र चितवन निकुञ्जमा भएका वन्यजन्तु प्रदूषित पानी खाएर बिरामी हुने सम्भावना छ”, प्रा डा शर्माले भन्नुभयो, “वन्यजन्तुहरुले पिउने पानीको स्रोत नै राप्ती हो । नदीबाट पानी रसायर भूमिगत भई जङ्गलका बीचमा सिमसार बनेका छन् । त्यही पानी हात्ती, गैँडा, बाघलगायत वन्यजन्तुले पिउँछन् ।”

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् । चितवन निकुञ्जअन्तर्गत नारायणी, राप्ती र रिउ नदी तथा ससाना खोल्सा छन् । राप्ती नदी चितवन निकुञ्जभित्रै नारायणी नदीमा मिसिन्छ ।

विश्वविद्यालयको जलीय पर्यावरण केन्द्रका निर्देशकसमेत रहनुभएका उहाँले रयायनयुक्त पानीमा सिसाको मात्रा पनि हुने र पानीसँगै वन्यजन्तुको शरीरमा पुगेपछि स्वास्थ्यमा असर पर्ने उल्लेख गर्नुभयो । प्रा डा शर्माले आगामी दिनमा निकुञ्जभित्रका सिमसारको अवस्था, सिमसारमा पानी पिउने वन्यजन्तु र उनीहरुको स्वास्थ्यबारे अनुसन्धान गर्ने तयारीमा रहेको बताउनुभयो । प्रदूषित पानीकै कारण ठूला वन्यजन्तुलाई क्षयरोग लाग्ने गरेको उहाँको भनाइ छ ।

विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु पर्यटकका मुख्य आकर्षक हुन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल सात सय ५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कूल पाटे बाघको सङ्ख्या तीजसय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ बाघ छन् ।

क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीले हेटौँडादेखि नै नदीमा ढलका साथै उद्योग कलकारखानाको फोहरमैला मिसिने गरेको बताउनुभयो । “लोथर र मनहरी क्षेत्रबाट पनि फोहर मिसिने गरेको छ । राप्ती किनाराका क्रसर उद्योगको फोहर मैला पनि नदीमा मिसिन्छ”, उहाँले भन्नुभयो ।

हालै सौराहा बजारको सडक दायाँबायाँ आकाशको पानी मात्र बग्ने गरी निर्माण गरिएको ड्रेनबाट पनि भविष्यमा राप्ती नदीमा फोहर मिसिने अध्यक्ष गिरीको चिन्ता छ । “होटल र रेष्टुरेन्टका लागि जग्गा क्षेत्रफलको मापदण्ड लागू गर्न कडाइ नहुँदा सानो क्षेत्रफलमा समेत ठूला होटल खुल्ने गरेको छ । यस्ता होटलले बाध्य भएर नदीमा फोहर मिसाउने सम्भावना रहन्छ । यसबारेमा बेलैमा सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्रका आयोजना व्यवस्थापक रचना शाहले नदीमा प्लास्किजन्य फोहर देखिएको बताउनुभयो । नदीमा प्रदूषण बढ्नाले जलचर प्राणीका साथै वन्यजन्तु र निकुञ्जको पारिस्थितिकीय प्रणालीमै असर पुग्ने उहाँले बताउनुभयो । “माथिल्लो भेगीय क्षेत्र हेटौँडा मनहरीलगायत क्षेत्रमा भएको फोहर बगेर आउने मुख्य समस्या हो । तल्लो भेगमा प्रदूषण कम छ”, उहाँले भन्नुभयो, “यकिन अध्ययन भएको छैन । प्लास्टिक प्रदूषण देखिएको छ । रसायन प्रदूषण देखिएको छैन । “यो पर्यावरणीय संरक्षणका लागि मुख्य चुनौती हो । हामी यसमा काम गर्न खोजिरहेका छौँ ।”

निकुञ्जमा दुर्लभ वन्यजन्तुका साथै घडियाल र मगर गोही, अजिङ्गरलगायत सरिसृप, उभयचर र बसाइँसरी आएका तथा रैथाने गरी पाँच सय ४६ भन्दाबढी जातका चराचुरुङ्गी छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन ९जेडएसएल० नेपाल मुख्य साझेदारका रुपमा छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भूपरिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ ।

निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भने नदी प्रदूषणमा आफूहरुले कडाइ र नियन्त्रणको प्रयास जारी रहेकाले धेरै फोहर हुन नपाएको उल्लेख गर्नुभयो । “यस क्षेत्रमा त प्रदूषण नियन्त्रण र कडाइमा हाम्रो प्रयास जारी नै छ । तर माथिल्लो भेगमा हुने फोहर बढाउने क्रियाकलाप र भएको प्रदूषणका स्रोतले यहाँ ९निकुञ्ज० पनि असर गर्नेतर्फ हेक्का राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

वर्षामा नदीमा प्लास्टिजन्य वस्तु तथा बोतल बगेर आउने गरेको बताउँदै वरिष्ठ संरक्षण अधिकृत पुनले यसमा सबैले सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ढलको निकास सिधै खोलामै पुर्‍याउनुपर्छ भन्ने सोच परिवर्तन गरी शुद्धीकरण गरेर मात्र विसर्जन गर्नुपर्ने सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

निकुञ्ज क्षेत्रमा पर्ने रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नदी प्रदूषण नियन्त्रणका लागि विभिन्न सचेतना कार्यक्रम गरिरहेको बताउनुभयो । “निकुञ्ज क्षेत्रको नदी भएकाले उद्योगलाई दूषित पानी, ढल र अन्य फोहर सिधै नदीमा मिसाउन कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो, । नगर प्रमुख सापकोटाले भन्नुभयो, “केही उद्योगले यसअघि राप्ती नदीको सहायक खोलामा फोहर पानी मिसाएपछि हामीले रोकेका थियौँ ।”

उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले सम्बन्धित उद्योगले अनुमति लिने क्रममा प्रदूषण नियन्त्रणका लागि अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । साथै उहाँले मापदण्ड प्रतिकूल प्रदूषण गर्ने उद्योगलाई कानुनबमोजिम कारबाही हुने उल्लेख गर्नुभयो ।

नेपालमा संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रुपमा रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार तीन सय ९२ पर्यटकले भ्रमण गरेका थिए । नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् । रासस