१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु

तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु
अ अ+ अ-

काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो ।

मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् । इचङ्गुनारायणस्थित ‘सिङ्गल ट्री’बाट सुरु भएको दौड काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र छिचोल्दै पुन: सोही स्थानमा आएर टुङ्गिने आयोजक मञ्जुश्री ट्रेल रेसका प्रबद्र्धन जिमी ओस्त्रोमले जानकारी दिए ।

इचङ्गुनारायणको सिङ्गल ट्रीबाट सुरु भएको यो दौड जामाचो, मुड्खु, गर्जे भञ्ज्याङ, बाघद्वार, चिसापानी, झुले, नगरकोट, कालामासी बसपार्क, साँगा ब्रिज, आशापुरी भ्यूटावर, चापाखर्क, पुलचोकी, नाल्फु, टीकाभैरब, डोलु, चापभञ्ज्याङ, चित्लाङ सडक, नागढुङ्गा, कालुपाँडे हुँदै पुन: सिङ्गल ट्रीमा आएर टुङ्गिनेछ ।

आयोजक मञ्जुश्री ट्रेल रेसका अनुसार यसै दौडसँगै सोही मार्गमा विभिन्न चार वटा दौड पनि आयोजना हुनेछन् । आज विहान ८ बजे एक सय माइल दूरीको पहिलो दौड सुरु भइसकेको छ भने एक सय किलोमिटरको दोस्रो दौड झुलेस्थित हिल भिजन रिसोर्टबाट आज दिउँसो ३ बजे सुरु हुनेछ ।

साथै सोही मार्गमा ५० किलोमिटर दूरीको तेस्रो दौड बडिखेलस्थित होटल तपेश्वर लजबाट भोलि विहान ६ बजे सुरु हुनेछ भने चौथो दौड १० किलोमिटर दूरीको हुनेछ । सो दौड भोलि विहान ११ बजे कालुपाँडे फरेष्ट क्याम्पबाट सुरु हुनेछ । त्यसबाहेक ३० किलोमिटर दूरीको केभीए स्टेज दौड डोलुस्थित सोलिड रक लजबाट भोलि विहान ८ बजे सुरु हुनेछ ।

आयोजकका अनुसार यी सबै दौडमा कूल तीन सय २४ धावक सहभागी छन् । जसमध्ये दुई सय ८९ महिला र ३५ जना पुरुष छन् । दौडमा विभिन्न आठ देशका ४० धावक सहभागी छन् । जसमा बेलारुस, चीन, सिङ्गापुर, बेलायत, मलेसिया, इन्डोनेसिया, भारत र डेनमार्कका धावक रहेको मञ्जुश्री ट्रेल रेस, २०२४ का निर्देशक आशीष मिश्रले बताउनुभयो ।

मञ्जुश्री ट्रेल रेस सबैभन्दा लामो दौडमध्येको एक हो । यो काठमाडौँ उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुरामार्फत एक सय माइल दुरी पूरा गर्दा १० हजार मिटरभन्दा बढी उचाइ समेत हासिल हुने ट्रेलमाण्डूका सहसंस्थापक तथा २०२३/२४का एसिया ट्रेल मास्टर च्याम्पियन रसिला तामाङले जानकारी दिनुभयो ।

पौराणिक कथनअनुसार मञ्जुश्री भिक्षुले काठमाडौँमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन विभिन्न डाँडा घुमेर हेरेका थिए । यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो । सेतो र पहेँलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।

यस दौडमा धावकहरुले जङ्गल, खोला, खेत र केही गाउँहरू पार गर्नेछन् । आयोजकका अनुसार ७० प्रतिशत दौड वनजङ्गल र गोरेटो बाटोमा हुनेछ । दौडका क्रममा धावकहरुले तामाङ, नेवारी, पहाडी बस्ती हुँदै विभिन्न संस्कृति नियाल्न पाउनेछन् । दौडमा धावकलाई सहज बनाउनका लागि १९ वटा चेक प्वाइन्ट उपलब्ध गराइएको छ । जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।

त्यस्तै तीन स्थानमा केही समय आरामका लागि बासस्थानको पनि ब्यवस्था गरिएको छ । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सबै चेक प्वाइन्टमा आधारभूत तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीका साथै एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो ‘ट्रेल’को परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो ‘ट्रेल’ छिचोलेका थिए ।

जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटक–पटक गरी ट्रेलको वैकल्पिक रूटसहित नक्साङ्कन गरेका थिए । पछिल्लो समयमा ट्रेलमाण्डू र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यस ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जीपीएस नक्साङ्कन गरिएको मञ्जुश्री ट्रेल रेस प्रवद्र्धक अस्त्रोमले जानकारी दिए ।

विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा यो रूट पूर्णरूपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो । फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन ९आइटिआरए० र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने गरेको छ ।

अस्त्रोमले भने, “आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट छ अङ्क प्राप्त गर्नेछन् । जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।”

आयोजकका अनुसार एक सय माइलको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । एक सय किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमश: रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

पचास किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु ३० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु २० हजार, रु १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

एक सय माइल, एक सय किलोमिटर र ५० किलोमिटरको दौडमा शीर्ष पाँच धावक एसिया ट्रेल मास्टर्समा स्वत: छनोट हुनेछन् । एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो प्वाइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्टमार्फत सबै वर्गका धावकहरूलाई समान अवसर दिइन्छ । रासस