१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

सरकारले लगानी सम्मेलनको तमासा देखाउँदा उल्टो नेपालमा बद्नाम हुन्छ: अर्थविद् आचार्य

सरकारले लगानी सम्मेलनको तमासा देखाउँदा उल्टो नेपालमा बद्नाम हुन्छ: अर्थविद् आचार्य
अ अ+ अ-

काठमाडौँ । अर्थविद् केशव आचार्यले विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धतालाई कार्यान्वयन गर्न नसक्ने सरकारले अर्को लगानी सम्मेलन गर्दा देशको बद्नाम मात्रै हुने बताउनुभएको छ ।

अर्थविद् आचार्यले आगामी वैशाख १६ र १७ गते सरकारले गर्न लागेको लगानी सम्मेलनका विषयमा यस्तो टिप्पणी गर्नुभएको हो । उहाँँले सरकारले २०७३ सालको लगानी सम्मेलन १४ खर्ब र २०७६ सालको लगानी सम्मेलनमा ३३ खर्बको प्रतिवद्धता आएपनि कार्यान्वयनमा राज्य संयन्त्र नलागेको बताउनु भयो । उहाँले लगानीको लागि आएका प्रतिवद्धता कार्यान्वयनको लागि चासो नराख्ने देशले पुन: लगानी सम्मेलनको नाममा तमासा देखाउँदा देशको बद्नाम मात्रै हुने दाबी गर्नुभयो ।

त्यस्तै अर्थविद् आचार्यले लगानी सम्मेलन गर्ने उचित समय नभएको पनि धारणा राख्नुभयो । उहाँले निजी क्षेत्र,किसान खुशी नभएको र लघुवित्त,सहकारी, मिटरब्याज पीडितहरु आन्दोलित भएको समयमा लगानी सम्मेलन सफल बनाउन समस्या हुने बताउनु भयो । उहाँले अहिले बैंकमा पैसा थुप्रिएर ६ खर्ब बराबरको तरलता हुँदा समेत लगानीको लागि बैंकमा ऋण लिन जाने वातावरण बनाउन नसकेको बताउनु भयो । उहाँले सरकारले मुलुकभित्रका लगानीकर्तालाई विश्वासमा लिन नसकेको अवस्थामा विदेशी लगानीकर्ता आएर नेपालका लगानी गर्ने सम्भावना नभएको दाबी गर्नुभयो । उहाँले मुलुकमा सरकार समिकरण बारम्बार परिवर्तन भइरहेकाले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश नगएको बताउनु भयो ।

अर्थविद् आचार्यल लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्रलाई विश्वासमा लिन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले मुलुकको समृद्धिको लागि पुराना अनुभवी राजनितिज्ञ,कर्मचारी,प्रध्यापक,कलाकार,साहित्यकारहरुसँग बहस गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले लगानी सम्मेलन सफल बनाउनको लागि किसान,उद्योगी व्यवसायीहश्रलाई राज्यले संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले गर्ने भनिएको लगानी सम्मेलनको तयारी नपुगेको बताउनु भयो । उहाँले लगानी सम्मेलनमा सोकेश गर्नको लागि डिपिआर समेत भएका १०० वटा आयोजनाहरुको प्रतिफल,लागत,कर्मचारी,निर्माण सम्पन्न अवधिका विषयमा स्पष्ट भएका आयोजनाहरु देखाउन तयार पर्न सुझाव दिनुभयो । उहाँले कम्तीमा पनि सरकारले जलविद्युत,पर्यटन,कृषि,आईटी, होटल,पूर्वाधारका आयोजनाहरु प्रदर्शन गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक रुपमा नेपाल स्थिर मुलुक नभएको अन्तर्राष्ट्रिय देशहरुमा सन्देश गएकाले राजनीतिक स्थिरता कायम गर्न जरुरी रहेको बताउनु भयो ।

अर्थविद् आचार्यले लगानी सम्मेलनका लागि दिएका सुझाव यस्ता छन्:

१.सरकारले लगानी सम्मेलन गर्ने उचित समय होइन । निजी क्षेत्र खुशी छैन । किसानहरु खुशी छैनन् । लघुवित्त,सहकारी, मिटरब्याज पीडित भनिएको छ । किसानहरुले सडकमा दुध फालिएको अवस्था छ । बैंकमा पैसा थुप्रिएको छ । ६ खर्ब बराबरको तरलता छ । बंैकको ब्याजदर १७ प्रतिशतबाट ११ प्रतिशतमा आयो । अबको दुई तीन महिनामा एकल अंकमा आउँछ । ऋण लिन गइरहेका छैनन् । जब मुलुकभित्रका लगानीकर्तालाई विश्वास छैन । विदेशी लगानीकर्ता आएर नेपालका लगानी गर्ने सम्भावना छैन । त्यसमा पनि सरकार समिकरण फेरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राम्रो सन्देश गएको छैन । केही महिना पहिला उद्योगहरुको विद्युत कटौती भएको छ ।

२.सरकारले मुख्य गर्नुपर्ने काम निजी क्षेत्रलाई विश्वासमा लिएर,पुराना अनुभवी राजनितिज्ञ,कर्मचारी,प्रध्यापक,कलाकार,साहित्यकारहरु सबैसँग बसेर मुलुकमा अब गर्दा विकास हुन्छ भनेर छलफल गर्नुपर्छ । किसान,श्रमिक,उद्योगीलाई पनि सोध्नुपर्छ । बहुदलिय प्रजातन्त्र आयो त्यो बेलादेखि उपभोगको हक अधिकार गरौँ । उत्पादकको हक अधिकारका कुरै गरेनौं । अब किसान,उद्योगी व्यवसायीहरुका कुरा गर्नुपर्छ । राज्यले संरक्षण गर्नुपर्छ ।

३.सरकारले गर्ने भनिएको लगानी सम्मेलनको तयारी पुगेको छैन । लगानी सम्मेलनमा सोकेश गर्नको लागि डिपिआर समेत भएका १०० वटा आयोजनाहरु छन् । उनीहरुको प्रतिफल यति छ भनेर लागत,कर्मचारी,यति समय अवधिमा सकिन्छ भनेर बनि बनाउ क्षेत्रगत आयोजनाहरु तयार पारेर देखाउनुपर्छ । जलविद्युत,पर्यटन,कृषि,आईटी, होटल,पूर्वाधारका आयोजनाहरु प्रदर्शन गर्न सक्नुपर्छ । विदेशी लगानीकर्ता आएर नेपालका आयोजनामा इन्जिनियर लगाएर सबै काम गर्न सक्दैन । राज्यले लगानी गरेर आयोजनाको तयारी गर्नुपर्छ ।

४. एउटा राजनीतिक रुपमा नेपाल स्थिर मुलुक होइन । अन्तर्राष्ट्रिय देशहरुमा सन्देश गएको छ । अहिलेको सत्ता समिकरण पनि चीनले गर्दा भएको भन्ने गलत प्रचार भएको छ । सरकारले आफ्ना कुरा स्पष्ट राख्नसक्ने हुनुपर्छ । निजी क्षेत्रलाई सरकारले सँगै लैजानुपर्छ । अहिले सिमेन्ट,औषधि,जुत्ता लगायतका क्षेत्रमा राम्रो छ । उनीहरुलाई समेत राखेर विदेशी लगानीकर्तालाई केमा आकर्षण गर्न सक्छौं सुझाव दिनुपर्छ ।

५.नेपाल सरकारले २०७३ सालमा लगानी सम्मेलन गरेका थियो । १४ खर्बको प्रतिवद्धता आयो । २०७६ सालको लगानी सम्मेलनमा ३३ खर्बको प्रतिवद्धता आयो । चिनियाँ राजदुतावास छ । हारालुस गरेर लगिरहेका छन् । हाम्रो सरकारल गर्न सकेन । लगानी सम्मेलनमा भएको प्रतिवद्धताको फलोअप राज्यका निकायहरुले अहिलेसम्म गरेनन् । प्रतिवद्धतालाई राज्य संयन्त्रले सक्रिय हुनुपर्छ । विगतमा भएका लगानी सम्मेलनको प्रतिवद्धतालाई निरन्तरता दिन नसक्ने अनि तमासा देखाउनलाई गरिने लगानी सम्मेलनले देशको बदनाम मात्रै हुन्छ ।

—न्युज एजेन्सी नेपाल