१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को व्यवस्था नभएसम्म लुम्बिनीमा चौधरी कामचलाउ



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।

साथै, प्रमुख शेरचनले अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न निर्देशन दिएका छन् ।

चौधरीको राजीनामा स्वीकृत भएपछि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका छन् । उनले एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ ४४ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।