बुटवल । लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।
साथै, प्रमुख शेरचनले अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न निर्देशन दिएका छन् ।
चौधरीको राजीनामा स्वीकृत भएपछि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका छन् । उनले एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ ४४ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।