१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दालमोठ, चिउरा र पानी साथमा लिदै गाडी चढेर प्रचण्ड हड्तालमा सहभागी ( भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा नेपाल –दाहाल समूहका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आमहड्तालका क्रममा  सातदोबाटो र पुल्चोक क्षेत्रमा पुग्नु भएको छ ।  पुल्चोक क्षेत्रमा दालमोठ, चिउरा र पानी  साथ धर्नाका बस्नु भएका दाहालले सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले आफुहरु सडकमा आएको बताउनु भयो ।

ओली नेतृत्वको सरकार हटाउनुको बिकल्प नभएको भन्दै दाहालले फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुने र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने दाबी गर्नुभयो ।

प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।