५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा राहत पुर्‍याउन तीन मार्ग खोल्न इजरायल तयार



तस्बिर : बीबीसी
अ+ अ-

इजरायल । युद्धग्रस्त गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने भएको छ ।

युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिने भएको छ । मानवीय सहायता सामग्रीको आपूर्ति सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिने छ । यसबाहेक, जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिने इजरायलले जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्तापछि मार्ग खोल्ने निर्णय गरेका हुन् ।
हालै गाजामा राहत सामग्री वितरण गर्ने सात जना कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेका थिए । गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वल्र्ड सेन्ट्रल किचेनका सात जनाको ज्यान गएपछि संस्थाले राशन वितरणको काम रोकेको थियो ।

आक्रमण हुनुअघि सहायता कार्मचारीहरूले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामान उतारेका थिए ।
हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व सुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको छ ।

गाजामा अक्टोबर ७ मा हमासको आक्रमणपछि ३३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो तथ्यांक हमासले सञ्चालन गरेको गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।

इजरायली नाकाबन्दीका कारण गाजा पट्टीमा बसोबास गर्ने करिब २० लाख जनसंख्या भोकमरीको चरम संकटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।