८ भाद्र २०८३, सोमबार
,
Latest
पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा पर्नुभएको छ । ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम विसं २०८१ भदौ ८ गते हुनेछ ।

प्रतिष्पर्धामा रहेको विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त।।’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा पर्नुभएको हो ।

“अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु । मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु”, गीतकार अधिकारीले भन्नुभयो, “एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु ।”

गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा हुनुहुन्छ । विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन सकिने जनाइएको छ ।

उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ । रासस