१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर चढेर आम हड्तालको निरीक्षण गर्दै माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । आज भईरहेको आमहड्तालको निरीक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपाल स्कुटरमा निस्कनुभएको छ । अध्यक्ष नेपाल आमहड्तालको निरीक्षण गर्न कोटेश्वरबाट स्कुटर चढेर निस्कनुभएको थियो । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आमहड्तालका क्रममा सातदोबाटो र पुल्चोक क्षेत्रमा पुग्नु भएको छ । 

प्रचण्ड(नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।