• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना, स्लो ओभर रेटका लागि २४ लाख जरिवाना



एजेन्सी । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा पनि जरिवाना गरिएको छ ।

उनी कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध स्लो ओभर रेटका लागि दोषी ठहर भएका थिए। यसका लागि उनलाई २४ लाख रुपैयाँ जरिवाना गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) ले बिहीबार जानकारी दिएको छ ।

पन्त बाहेक प्लेइङ–११ मा रहेका दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयर समेतका खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

यसअघि चेन्नई सुपर किंग्सविरुद्ध पनि पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

टोलीले तेस्रो पटक गल्ती गरेमा कप्तानलाई ३० लाख जरिवाना र एक खेलको प्रतिबन्ध लगाइनेछ । टोलीका अन्य सदस्यलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना हुनेछ ।

विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो। जवाफी इनिङ्समा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा अलआउट भयो।