• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस



काठमाडौं । जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

बिहीबार बसेको पार्टिको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रिक्त समानुपातिक पदको लागि बाँकेकी २७ वर्षीया खानलाई सिफारिस गरेको जसपा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित मञ्जु शर्मा अन्सारीको चैत ४ गते निधन भएपछि उक्त पद रिक्त थियो ।