• ३० चैत्र २०८०, शुक्रबार
  •      Fri Apr 12 2024
  •   Unicode
Logo
Latest
★   एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरको साहित्यीक कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा उपचार हुँदै ★   मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य ★   भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर ★   दिनेश कार्तिकलाई जिस्काउदै रोहितले भने: विश्वकप अझै बाँकी छ ★   कोटेश्वरका व्यवसायीहरुको भनाई ‘व्यवसाय पनि चलोस्, घरबेटी पनि मर्कामा नपरुन्’ ★   उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव ★   ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति ★   विसं २०८०: वन मन्त्रालयमा के के काम भए ? ★   व्यवस्था बदलिएपनि कुनै गुणात्मक परिवर्तन हुन सकेन: पूर्वराजा शाह

बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द



एजेन्सी । बम आक्रमणको चेतावनी पछि नर्वेको संसद बुधवारबाट बन्द गरिएको छ ।

राष्ट्रिय प्रशारक एनआरकेले पुलिसलाई उद्धृत गर्दै मंगलबार साँझ एउटा र बुधवार बिहान बकम आक्रमण गर्ने अर्को धम्की आएपछि बन्द गरिएको जनाएको हो ।

प्रहरीले दुई धम्कीहरूको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ । संसदमा प्रवेश गर्ने सबै प्रवेशद्वारहरू बन्द गरिएको छ । बुधवार बिहान १० बजेदेखि भवन वरपरका क्षेत्रलाई पनि घेराबन्दी गरिएको थियो । सुरक्षा उपायहरूले संसद भवन वरपरको ट्राफिक प्रवाह र सार्वजनिक यातायात सेवाहरूमा उल्लेखनीय समस्या निम्त्याएको छ ।

नर्वेका न्याय मन्त्री एमिली एन्गर मेहलले स्टोर्टिङ बिरुद्ध बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गर्नुभएको छ ।