२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन नाउपाको ह्वीप



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्देशन दिएकी छन् ।

अध्यक्ष श्रेष्ठले नाउपा संसदीय दलको कार्यालय सुदूरपश्चिम प्रदेश कमिटीलाई पत्र लेख्दै कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने ह्वीप जारी गरेकी हुन् ।

‘उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मुख्यमन्त्री कमलबहादुर शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु’,  प्रदेशमा पठाएको निर्देशनमा भनिएको छ ।