२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.32°C

काठमाडौं

16.32°C

Kathmandu

Feels-like: 15.86

Wind: 0.84

Humidity: 71

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा लगातार तीन बाघ ‘मारिएको’ मा अधिकारकर्मीहरूको बिरोध



अ+ अ-

काठमाडौँ । पछिल्लो ५ महिनामा पर्सा राष्ट्रिय निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएकोबारे अधिकारकर्मीहरूले बिरोध जनाएका छन्।

बाघ तथा सबै खालका पशुपंक्षीको पक्षमा काम गरिरहेका संस्था तथा अहिंसाप्रेमीहरूले काठमाडौं बालुवाटारस्थित डब्लुडब्लुएफको कार्यालयअगाडि मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

कार्यक्रममा सहभागी पशुअधिकारकर्मी स्नेहा श्रेष्ठले पशुलाई मनोरंजन या अन्य प्रयोजनका नाममा थुन्ने काम सही नभएको बताइन्।

प्राणीअधिकार अभियन्ता कल्याण सिलवालले निहत्था पशुमाथिको अन्याय रोकिनुपर्ने बताउदै भने, ‘पशुलाई जे गर्दा पनि हुन्छ भन्ने सोच गलत हो। संसार सबैको साझा हो। मान्छेले मनोरंजन या अन्य नाममा पशुदोहन या पशुहत्या गर्ने गरेका छन्, यसमा कमी आउनुपर्छ।’

यता, संरक्षणकै क्षेत्रमा लामो समय काम गर्दै आएकी सृष्टिसिंह श्रेष्ठले बताइन्, ‘बनका हुन् या सडकका, सबै जनावरप्रति राज्यको जिम्मेवारी छ। पशुलाई जे गरेपनि हुन्छ भन्ने अवधारणा पुरानो हो।राज्यले गैरमान्छेका पनि दुख देखोस्।’

सो कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाले बाघलाई खोरमा थुनेर पर्यटकलाई ‘मनोरंजन’ दिन थालेकोबारे पनि बिरोध भएको थियो।