५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डकाे निर्देशनविपरित मुख्यमन्त्रीले आज विश्वासको मत लिने



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनलाई कणाली प्रदेश सरकारको नेतृत्व परिवर्तन जटिल मोडमा पुगेको छ । केन्द्रका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन मानेका छैनन् । बरु उनले विश्वासको मत लिने अडान कायम राखेका छन् । शर्मालाई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले साथ दिएका छन् ।

सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको थियो । त्यही अनुसार मुख्यमन्त्री शर्मालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका थिए । तर मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रक्रियामा गइसकेको जवाफ दिएका छन् ।

मुख्यमन्त्री शर्माले चुनौती दिएपछि प्रधानमन्त्री दाहालले मध्यस्थताका लागि नेता महेन्द्रबहादुर शाहीलाई पठाएका छन् । तर हिजो दिनभरको छलफलमा सहमति जुटेको छैन ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार नै प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेका थिए । छलफलकै क्रममा समय घर्किएपछि आज विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई अर्को पत्र पठाएका छन् ।

कांग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएकाले संवैधानिक प्रावधानअनुसार शर्माले आजसम्म विश्वासको मत लिइसक्नुपर्छ ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयविरुद्धमा गएर अडान लिनुमा माओवादीमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको बढ्दो तिक्तताले पनि काम गरेको नेताहरुको दाबी छ । कर्णालीका मुख्यमन्त्री पनि शर्माकै भाइ हुन् । हालै सम्पन्न माओवादीको राष्ट्रिय सम्मेलनमा शर्माले पार्टीका सबै पदाधिकारी निर्वाचित भएर आउनुपर्ने मत राखेका थिए । त्यसयता भएका कार्यविभाजनमा पनि उनले दाहालसँग मत बझाएका छन् । आफूले मत बझाएकै कारण आफू निकट नेताहरुलाई जिम्मेवारी नदिएको शर्माको दाबी छ ।

४० सदस्यीय कर्णाली प्रदेशभामा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसद १/१ जना छन् ।