• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

गणेशको मुखाकृति भएको काठको पुरानो मूर्तिसहित दुईजना नियन्त्रणमा, हराएकाले सम्पर्क गर्न आग्रह



काठमाडौँ । प्रहरीले गणेशको मुखाकृति भएको काठको पुरानो मूर्तिसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार काठमाडौँको स्वयम्भूस्थित स्वयम्भू स्तुपा नजिकै भगवान गणेशको मुखाकृति भएको काठको पुरानो मूर्ति बिक्री भईरहेको भन्ने खबर पाउनासाथ स्वयम्भू प्रहरी एक्शनमा उत्रिएको थियो ।

प्रहरीले मूर्तिसहित दुईजनालाई नियन्त्रणमा लिई स्वयम्भू प्रहरी कार्यालयमा राखेको छ ।

साथै, प्रहरीले उक्त मूर्ति कोही–कसैको चोरी भएको भएमा प्रहरी वृत्त स्वयम्भू कार्यालयमा सनाखतको लागी उपस्थित हुन अनुरोध समेत गरेको छ ।