३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक विज्ञापन मुद्दा – रामदेवले सर्वोच्च अदालतमा मागे माफी



file photo
अ+ अ-

एजेन्सी । भ्रामक विज्ञापन मुद्दामा भारतीय सर्वोच्च अदालतले मंगलबार बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई जवाफ पेश गर्न अन्तिम मौका दिएको छ ।

अदालतले एक साताभित्र जवाफ पेश गर्न भनेको छ । अर्को सुनुवाई अप्रिल १० मा हुनेछ । अदालतले सुनुवाइमा रामदेव र बालकृष्णलाई उपस्थित हुन भनेको छ ।

आजको सुनुवाइका क्रममा रामदेवका वकिल बलवीर सिंहले अदालतमा योग गुरु माफी माग्न उपस्थित भएको बताए । भीडका कारण रामदेव अदालतमा पुग्न भने सकेनन् । उक्त शपथपत्र हेरेपछि अदालतले सो प्रतिज्ञापत्र सही नभएको भन्दै हप्कायो ।

जब बलवीर सिंहले माफी पढेर सुनाए, अदालतले यस्तो अवस्थामा आदेश उल्लङ्घन गर्ने व्यक्तिले माफी माग्नुर्ने जिकिर गर्यो । ‘हामी रामदेवका वकिलको माफी सुन्न चाहँदैनौं ।’ अदालतले भन्यो ।

सुप्रीम कोर्टले १७ अगस्त, २०२२ मा इन्डियन मेडिकल एसोसिएशन (आईएमए)द्वारा दायर याचिकाको सुनुवाई गरिरहेको थियो । पतञ्जलीले कोभिड खोप र एलोप्याथीविरुद्ध नकारात्मक प्रचार गरेको आरोप लगाइएको छ । आफ्नै आयुर्वेदिक औषधिले केही रोग निको हुने झुटो दाबी गरेको आरोप पनि बाबा रामदेवमाथि लागेको छ ।