३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

सूर्यग्रहणले चराचुरुङ्गी र बोटबिरुवामा के असर गर्छ ?

सूर्यग्रहणले चराचुरुङ्गी र बोटबिरुवामा के असर गर्छ ?
अ+ अ-

एजेन्सी । सन् २०२४ को पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । यो पूर्ण सूर्यग्रहण पश्चिमी यूरोप प्यासिफिक, एट्लान्टिक, आर्कटिक मेक्सिको, उत्तरी अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिकाको उत्तरी भाग, क्यानडा, इङ्गल्याण्डको उत्तर पश्चिम क्षेत्र र आयरल्याण्डमा देखिनेछ ।

जब चन्द्रमाले सूर्यलाई पूर्णतया अन्तरिक्षमा ढाक्छ, पूर्ण सूर्यग्रहण हुन्छ । यस समयमा दिनमा अँध्यारो हुन्छ र तापक्रम घट्छ ।

सूर्यग्रहणको समयमा जनावर र वनस्पतिहरूले अनौठो व्यवहार गर्छन् । सन् १८५१ मा सूर्यग्रहणको समयमा खाना बोक्ने कमिलाहरूको झुण्ड रोकिएको र सूर्य फेरि देखिने बित्तिकै अघि बढेको देखियो ।

अब वैज्ञानिकहरूले ग्रहणको समयमा हुने असरबारे अध्ययन गर्ने मौका पाएका छन् । जानौँ सूर्यग्रहणले चराचुरुङ्गी र बोटबिरुवामा के असर गर्छ ।

सन् २०१७ मा पनि अमेरिकामा पूर्ण ग्रहण भएको थियो । यस अध्ययनका क्रममा अन्वेषकहरूले कीरा, चराचुरुङ्गी र बोटबिरुवाले राती जस्तो व्यवहार गरिरहेको थाहा पाए । ग्रहणको समयमा फायरफ्लाइहरू चम्कन थाले र चिडियाखाना भित्रका जनावरहरूले चिन्ता वा भ्रमको संकेत देखाउँदै थिए ।

तर वैज्ञानिकहरूले ग्रहणको प्रभाव सबै जनावरहरूमा पुष्टी गर्न सक्दैनन् । चराहरू ग्रहणको समयमा शान्त भएको पाइएको छ, तर त्यहाँ अपवादहरू पनि छन् ।

चराचुरुङ्गी र कीरामा यस्तो प्रभाव देखिएको छ
२०१७ मा पूर्ण ग्रहण भएको ५० मिनेट अघि र ५० मिनेटपछि कीरा र चराहरूको अनुगमन गर्ने अन्वेषकहरूले आकाश पूर्ण रूपमा शान्त भएको देखे, तर पूर्णताको समयमा उनीहरूको गतिविधि अचानक बढ्यो ।

अन्वेषकहरूले रातमा प्रतिक्रिया गर्ने यी कीराहरू हुन सक्ने सम्भावना बढाए । सन् २०२४ को अप्रिल ८ मा हुने सूर्यग्रहणको समयमा वैज्ञानिकहरूले यसको प्रभाव बुझ्न थप सहयोग पाउनेछन् । चरासँगै मौरीहरू पनि ग्रहणको समयमा आफ्नो घारमा फर्किन थाल्छन् ।

यसले बिरुवालाई पनि असर गर्छ
इन्डियाना युनिभर्सिटीका वनस्पति इकोफिजियोलोजिस्ट डेनियल बेभर्लीले २०१७ मा ग्रहणको समयमा अमेरिकी राज्य वायोमिङमा सेजब्रस बिरुवाहरूको व्यवहारको अनुसन्धान गरे । २०१७ भन्दा पहिले, १९१८ मा यो अमेरिकी राज्यमा ग्रहण भएको थियो ।

मिडिया रिपोर्टका अनुसार उनले यी बिरुवाहरू ६०–१०० वर्ष पुरानो भएको बताए । दिउँसोमा यति अन्धकार उनले कहिल्यै देखेका थिएनन् । वैज्ञानिकहरूले पूर्णताको समयमा प्रकाश संश्लेषण घटेको देखे । यस वर्ष बेभर्लीले इन्डियानाको जंगलमा बिरुवाहरू अध्ययन गर्नेछन् ।