२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानेहरुको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न सांसद राईको माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताउनुभएको हो । उहाँले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग गर्दछु । वैदेशिक रोजगारीमा फ्रि भिसामा जानेलाई डेढ लाख देखि दुई लाख लिएर पठाइरहेको छ । कतिले काम पाइरहेको छैन । भनेको कम्पनी पाइरहेको छैन । बेरोजगार भएर जेलमा बस्नुपरेको छ । सरकारले यसमा पहलकदमी लिओस् । विदेश पठाउँदा नेपाली दाजुभाईलाई महिनाको एक लाख तलव तोकियोस् ।’

सांसद राईले २०७२ सालको भूकम्पपछि राहतस्वरुप घर पुन:निर्माणको लागि रकम दिने भनेपनि पहिलो किस्ता पछिका किस्ता नदिइएको भन्दै तुरुन्तै पीडितहरुलाई भुक्तानी दिन माग गर्नुभयो ।