५ श्रावण २०८३, मंगलवार
,
Latest
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले रुसी सेनामा कार्यरत नेपालीहरुलाई खोज्ने प्रयत्न समेत गरेको छैन: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरुको खोज्ने प्रयत्न समेत नगरेको बताउनुभएको छ ।

रुसमा नेपाल आउने चाहनमा तडपिएर बसेका नेपालीहरुलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भिर नभएको सांसद पौडेलको भनाई थियो । सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उहाँले ती नेपालीहरुलाई नेपाल ल्याउन प्रयास किन नगरेको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

करिव ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरु बेपत्ता भएको तथ्यांक आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्न समेत सरकारले पहल नलिएको जिकिर गर्नुभयो । उहाँले युक्रेनी सेनामा पनि नेपालीहरु रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताउनु भयो ।

सांसद पौडेलले भन्नुभयो, ‘केही समय अघि हमासले बन्धक बनाएको विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । नेपालले एउटा नेपाली नागरिकलाई उसको अवस्था पत्ता लगाएर नेपाल ल्याउन सकेको छैन । पछिल्लो समय अर्को कुरा व्यापक ढंगले आइरहेको छ । नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरु कति संख्यामा रुसी सेनामा छन्, उनको अवस्था के छ, उनका आफन्तहरु कुन पीडामा बाँचिरहेका छन् ? भन्ने कुरामा सरकार बेखबर छ । बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन । अघिल्लो परराष्ट्रमन्त्रीज्युले समय मिलाउनु भयो । पछिल्लो पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, संवाद गर्नुभयो । अनुरोध गर्नुभयो कि हाम्रो सेना फिर्ता गरिदेऊ । माननीय अर्थमन्त्रीज्युले रुसी राजदुतलाई बोलाएर भेट्नुभयो । राजदुत महोदयले जवाफ दिनुभयो–तपाईका नागरिक आधिकारिक रुपमा हाम्रा सेनामा गएका होइनन् । उनीहरु फर्कन पनि चाहँदैनन । त्यो शब्द कुटनीतिक मर्यादाभित्र पर्छ कि पर्दैन ? त्यसैले सरकारले यसको बारेमा एकिन तथ्यांक आजसम्म निकाल्न सकेको छैन । मैले पीडित परिवारलाई भेटेको थिए । यो क्षेत्रमा काम गर्ने केही स्वयमसेवीहरुलाई भेटेको थिए । उहाँहरुको भनाईको आधारमा मलाई एउटा विवरण प्राप्त भएको छ । कम्तिमा पनि रुसी सेनामा ७ सय नेपाली छन् । तीमध्ये ४० जनाको मृत्य भईसकेको छ ।

नेपालमा त्यो लास आउन नसकेर मृतकका परिवारले कुशको प्रतिक बनाएर उहाँहरुको कृयाकर्म गरिसक्नुभएको छ । ११७ जना घाइते छन् । यो मैले कम्तिमा नेपालमा कन्टयाक्ट भएकाहरुको तथ्यांक बनाउँदैछु । करिव ३ सय बेपत्ता छन् । अनि थुप्रै व्यक्तिहरु देश फर्कनका लागि फारम भरेर बसेका छन् । सरकार अलपत्र परेको ती नेपालीको उद्धार गर्ने काम त परै जाओस कति छन् त्यहाँ नेपालीहरुको भनेर यकिन तथ्यांक पत्ता लगाउने कोशिस पनि गरिरहेका छैन । रुसमा मात्रै होइन, युक्रेनी सेनामा पनि बन्दीका रुपमा नेपालीहरु रहेको कुरा युक्रेनले नै सार्वजनिक गरेको छ । नेपालको परराष्ट्र मन्त्रालय, यसको संयन्त्रले नेपालीहरुको उद्धार गर्ने काममा निम्ति अहिलेसम्म के गरेको छ ? सरकारले गर्न सक्दैन भने सरकारले मानव अधिकारवादी संस्थाहरुलाई अनुरोध गर्नसक्छ । रेडक्रसलाई अनुरोध गर्नसक्छ । युएनलाई अनुरोध गर्नसक्छ । नेपाली ल्याउनका लागि सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो पहल भएको अवस्था छैन । म यतातिर सरकारको गम्भिर रुपमा ध्यान आकृष्ट गर्न चाहन्छु । ’

सांसद पौडेलले सरकारले युएनलगायतका मानव अधिकारवादी संघ, संस्थासँग आग्रह गरेर भएपनि रुस र युक्रेनको सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणा समेत राख्नुभयो ।