• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै ★   मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल ★   आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस (फाेटाे फिचरसहित) ★   लखनउले मुम्बईलाई ४ विकेटले हरायो ★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले ★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’



काठमाडौं । नेपालका वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले आफ्नी स्वर्गीय माता चमेलीदेवी पियाको नाउँमा स्थापना गरेको ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पहिलोपटक नेपालीमुलका अमेरिकी प्राध्यापक डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई प्रदान गरिएको छ ।

नेपालमा क्यान्सरका विरामीको उपचारमा लामो समय काम गरी हाल सेवानिवृत्त भएकी वरिष्ठ नर्स दयालक्ष्मी वैद्य र क्यान्सरसम्बन्धी काम गर्दै आएको अमेरिकी अन्तर्राष्ट्रिय संस्था अमेरिकन सोसाइटी अफक्लिनिकल अंकोलोजी (एस्को) लाई पनि सो पुरस्कार प्रदान गरिएको छ ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सकृय रहि विशिष्ट योगदान गरेवापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

राजधानीमा आयोजित दुईदिने नेसनल हस्पिटल एण्ड क्यान्सर सेन्टरको छैठौं सम्मेलन तथा अमेरिकी सोसाइटी अफक्लिनिकल अंकोलोजी ‘एस्को’को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्सका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारका संस्थापक समेत रहेका नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.पिया र नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाजहोटल एण्ड रिसोर्टकीअध्यक्ष ९३ वर्षिया अम्बिका श्रेष्ठले प्राध्यापक न्यौपाने, वरिष्ठ नर्स वैद्य तथा ‘एस्को’ संस्थालाई १५ तोला शुद्ध चाँदीमा कुँदिएको सो पुरस्कार प्रदान गरेका थिए ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान गर्ने स्वदेशी या विदेशी व्यक्ति र संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ स्थापना गरिएको पुरस्कार कोषका अध्यक्ष डा. पियाले बताए । डा.पियाकी माता चमेलीदेवी पियाको २३ वर्षअघि निधन भएको थियो ।

पुरस्कार वितरण समारोहमा स्वर्गीय चमेलीदेवी पियाका जेठा छोरा डा.मदनकुमार पिया र कान्छा छोरा ईन्जिनियर सुनिलकुमार पियाको साथै ६ जना छोरी तारा प्रधान, मिनु प्रधान, लक्ष्मी जोशी, कल्पना श्रेष्ठ, डा.अनारकली श्रेष्ठ र डा. सपना मल्लको उपस्थिति थियो ।

सोही कार्यक्रममा नेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर र क्यान्सर केयर नेपालमार्फत् क्यान्सरका बिरामीको उपचारमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई पनि‘मायाको चिनो’प्रदान गरी सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुने व्यक्ति तथा संस्थाहरुमा सेन्ट मेरीजका पूर्वविद्यार्थीहरुको संस्था ‘आस्मान’ काठमाडौं, जोन्टा क्लब पोखरा, मिङ्गमा दोर्जी शेर्पा, चोलेन्द्र राज्यलक्ष्मी सिंह, कुविजा न्यौपाने, रमा जोशी सिंह, जागरुक महिला समूह, काल्देन जेवन्त श्रेष्ठ र पिंकवाक टिम रहेका छन् ।