२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’

डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’
अ अ+ अ-

काठमाडौं । नेपालका वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले आफ्नी स्वर्गीय माता चमेलीदेवी पियाको नाउँमा स्थापना गरेको ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पहिलोपटक नेपालीमुलका अमेरिकी प्राध्यापक डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई प्रदान गरिएको छ ।

नेपालमा क्यान्सरका विरामीको उपचारमा लामो समय काम गरी हाल सेवानिवृत्त भएकी वरिष्ठ नर्स दयालक्ष्मी वैद्य र क्यान्सरसम्बन्धी काम गर्दै आएको अमेरिकी अन्तर्राष्ट्रिय संस्था अमेरिकन सोसाइटी अफक्लिनिकल अंकोलोजी (एस्को) लाई पनि सो पुरस्कार प्रदान गरिएको छ ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सकृय रहि विशिष्ट योगदान गरेवापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

राजधानीमा आयोजित दुईदिने नेसनल हस्पिटल एण्ड क्यान्सर सेन्टरको छैठौं सम्मेलन तथा अमेरिकी सोसाइटी अफक्लिनिकल अंकोलोजी ‘एस्को’को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्सका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारका संस्थापक समेत रहेका नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.पिया र नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाजहोटल एण्ड रिसोर्टकीअध्यक्ष ९३ वर्षिया अम्बिका श्रेष्ठले प्राध्यापक न्यौपाने, वरिष्ठ नर्स वैद्य तथा ‘एस्को’ संस्थालाई १५ तोला शुद्ध चाँदीमा कुँदिएको सो पुरस्कार प्रदान गरेका थिए ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान गर्ने स्वदेशी या विदेशी व्यक्ति र संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ स्थापना गरिएको पुरस्कार कोषका अध्यक्ष डा. पियाले बताए । डा.पियाकी माता चमेलीदेवी पियाको २३ वर्षअघि निधन भएको थियो ।

पुरस्कार वितरण समारोहमा स्वर्गीय चमेलीदेवी पियाका जेठा छोरा डा.मदनकुमार पिया र कान्छा छोरा ईन्जिनियर सुनिलकुमार पियाको साथै ६ जना छोरी तारा प्रधान, मिनु प्रधान, लक्ष्मी जोशी, कल्पना श्रेष्ठ, डा.अनारकली श्रेष्ठ र डा. सपना मल्लको उपस्थिति थियो ।

सोही कार्यक्रममा नेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर र क्यान्सर केयर नेपालमार्फत् क्यान्सरका बिरामीको उपचारमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई पनि‘मायाको चिनो’प्रदान गरी सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुने व्यक्ति तथा संस्थाहरुमा सेन्ट मेरीजका पूर्वविद्यार्थीहरुको संस्था ‘आस्मान’ काठमाडौं, जोन्टा क्लब पोखरा, मिङ्गमा दोर्जी शेर्पा, चोलेन्द्र राज्यलक्ष्मी सिंह, कुविजा न्यौपाने, रमा जोशी सिंह, जागरुक महिला समूह, काल्देन जेवन्त श्रेष्ठ र पिंकवाक टिम रहेका छन् ।