२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी हिल्सको शेयर कारोबार शुरु, स्पेशल प्रिओपन सेसन कति ?



अ+ अ-

काठमाडौं  ।  चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार आइतबारदेखि शुरु भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१६१  मा खुल्ला भएको भएको हो ।

उक्त  कम्पनीको शेयर खरीद अर्डरमा १४ लाख  ९२ हजार १९३ कित्ता छ भने विक्रेता एउटा पनि  देखिएका छैनन् । गत शुक्रबार कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । यो समाचार तयार पार्दाको समयसम्ममा कम्पनीको २० कित्ता शेयर शेयर खरीदविक्री भएको छ ।

पहिलो कारोबारको लागि कम्पनीको शेयर प्रतिकित्ता रू. ९६ दशमलव ६९ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।