५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ: सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले संसद भित्रका दलहरु सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानूनहरु बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताउनु भयो । त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कानून मन्त्रालयले ११७ वटा विधेयकको तयारी गरेको सुन्नमा आएको छ । यो भन्दा पहिलाको सदनको कुरा हेर्दा निकै दु:ख लाग्दोगरी एकाध बाहेक हामीले आपसमा कटाक्ष गर्ने बाहेक हामीले महत्वपूर्ण काम गर्न सकेनौँ । यो सदन र यसपछि हुने सदनहरुले कानून मन्त्रालयले तयार पारेका यसप्रकारका ऐनहरुलाई टुंगो लगाएर देशलाई एउटा निश्चित प्रणालीमा लिएर जानुपर्ने इतिहासको आवश्यकता बनिसकेको छ । टिआरसी सँग सम्बन्धित कानुन बनिसकेको छैन ।’

‘हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रशंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानवीन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ । हामी यसलाई छिटै टुंगो लगाउनुपर्ने छ । यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔँ । यो कानून लगायत अन्य थुप्रै कानुनहरु पनि हामीले गर्नुपर्नेछ । शिक्षा ऐन, निजामती ऐन ल्याउन सकेका छैनौँ । वन ऐन, प्रहरी ऐन, भूमी ऐन जस्ता कानूनहरु हामीले ल्याउन नसक्दाखेरी तीन तहको सरकारको संरचना व्यवस्थित रुपमा जनताका बीचमा कार्य सम्पादनमा आगाडी बढेर नागरिकलाई विश्वस्त दिलाउन सकेका छैनन् । यि सरकारलाई प्रभावकारी बनाउन कानूहरुको आवश्यकता छ । सदन कटाक्ष गर्ने थलो नबनोस् । सदन परिणाममुखि थलो बनोस् ।’

उहाँले संसदलाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने बताउनु भयो ।