५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा रूखले च्यापिएर एक जनाको मृत्यु



अ+ अ-

पाल्पा । पाल्पामा रूखले च्यापिएर शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका-५ कैलासनगरका २० वर्षीय भुवन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट तानसेन आउँदै गर्दा उनी तानसेन नगरपालिका-८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको प्रतीक्षालयमा ओत लिएर बसेका थिए । बेलुकीपख एक्कासी रूख ढलेर उनी च्यापिन पुगे ।

गम्भीर घाइते भएका सिंजालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।