• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन ★   बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा ★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की ★   राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे ★   युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै ★   फिस्लिङ दुर्घटना अपडेट: उपचारका क्रममा चालकको मृत्यु

‘विराट–गम्भीरलाई ओस्कार अवार्ड दिनुपर्छ’



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली र कोलकाता नाइट राइडर्सका प्रशिक्षक गौतम गम्भीरबीचको लामो समयदेखि चलिरहेको दुश्मनी केकेआर र आरसीबीको खेलमा टुंगिएको छ ।

म्याचको ब्रेकमा गम्भीर र विराट एकअर्कालाई अँगालो हालेको देखिएका थिए । यति मात्र होइन, दुवैबीच केही कुराकानी भयो, त्यसपछि गम्भीर र कोहलीको अनुहारमा मुस्कान पनि देखियो ।

कमेन्टेटर रवि शास्त्री र सुनील गावस्करले पनि कमेन्ट्री बक्समा यो क्षणलाई लिएर निकै रमाइलो गरेका थिए ।

खेलको क्रममा गौतम गम्भीरले विराट कोहलीलाई अँगालो हाल्दा कमेन्ट्री बक्समा बसेका रवि शास्त्रीले ठट्टा गर्दै भने, ‘विराट कोहली र गौतम गम्भीरबीचको अँगालोको लागि फेयर प्ले अवार्ड केकेआरलाई दिनुपर्छ ।’

शास्त्रीको टिप्पणीपछि सुनिल गावस्करले पनि यो घटनाको मजा लिन छोडेनन् । उनले भने, ‘फेयरप्ले अवार्ड मात्र होइन, ओस्कार अवार्ड पनि दिनुपर्छ ।’

आईपीएल २०२३ मा विराट कोहली र गौतम गम्भीरबीच चर्को विवाद भएको थियो । वास्तवमा कोहली र नवीन उल हकबीच शब्दको युद्ध भएको थियो । खेलपछि कोहली र गौतम गम्भीरबीच यो विवादलाई लिएर निकै खैलाबैला भएको थियो । स्थिति यति खराब बनेको थियो कि अन्य खेलाडीहरूले यी दुईलाई रोक्नुपरेको थियो ।