१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विराट–गम्भीरलाई ओस्कार अवार्ड दिनुपर्छ’



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली र कोलकाता नाइट राइडर्सका प्रशिक्षक गौतम गम्भीरबीचको लामो समयदेखि चलिरहेको दुश्मनी केकेआर र आरसीबीको खेलमा टुंगिएको छ ।

म्याचको ब्रेकमा गम्भीर र विराट एकअर्कालाई अँगालो हालेको देखिएका थिए । यति मात्र होइन, दुवैबीच केही कुराकानी भयो, त्यसपछि गम्भीर र कोहलीको अनुहारमा मुस्कान पनि देखियो ।

कमेन्टेटर रवि शास्त्री र सुनील गावस्करले पनि कमेन्ट्री बक्समा यो क्षणलाई लिएर निकै रमाइलो गरेका थिए ।

खेलको क्रममा गौतम गम्भीरले विराट कोहलीलाई अँगालो हाल्दा कमेन्ट्री बक्समा बसेका रवि शास्त्रीले ठट्टा गर्दै भने, ‘विराट कोहली र गौतम गम्भीरबीचको अँगालोको लागि फेयर प्ले अवार्ड केकेआरलाई दिनुपर्छ ।’

शास्त्रीको टिप्पणीपछि सुनिल गावस्करले पनि यो घटनाको मजा लिन छोडेनन् । उनले भने, ‘फेयरप्ले अवार्ड मात्र होइन, ओस्कार अवार्ड पनि दिनुपर्छ ।’

आईपीएल २०२३ मा विराट कोहली र गौतम गम्भीरबीच चर्को विवाद भएको थियो । वास्तवमा कोहली र नवीन उल हकबीच शब्दको युद्ध भएको थियो । खेलपछि कोहली र गौतम गम्भीरबीच यो विवादलाई लिएर निकै खैलाबैला भएको थियो । स्थिति यति खराब बनेको थियो कि अन्य खेलाडीहरूले यी दुईलाई रोक्नुपरेको थियो ।