४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण

विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण
अ+ अ-

जनकपुर – करिब १६ करोड रुपैयाँ बराबरको धनुषा प्रसूति केन्द्रको उद्‍घाटन भएसँगै नेपालको धनुषा जिल्लामा मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयद्वारा कोष उपलब्ध गराइएको र नेपालका जनताद्वारा निर्मित यो केन्द्र जनकपुर क्षेत्रका हजारौँ महिला तथा शिशुका निम्ति स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण स्रोत हुनेछ ।

यस प्रसूति केन्द्रको सञ्चालन मधेस प्रदेशमा रहेको धनुषा जिल्लाको जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्नेछ । सो प्रतिष्ठान चिकित्सा शिक्षा प्रदान गर्ने सरकारी संस्था हो जसले जनकपुर प्रादेशिक अस्पतालसँगको संयोजनमा काम गर्दछ । यो विस्तार उक्त क्षेत्रमा नेपालीहरूले मातृ स्वास्थ्यको सम्बन्धमा सामना गरिरहेका गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीहरूप्रतिको प्रत्यक्ष प्रतिक्रिया हो ।

यस नयाँ प्रसूति केन्द्रले उपरोक्त अस्पतालमा ७२ भन्दा बढी शय्या थप गरी आधारभूत स्वास्थ्य सेवाहरूमा मधेस प्रदेशको पहुँचलाई विस्तार गर्नेछ । यो केन्द्र ठुलो सङ्ख्याका बिरामीलाई सेवा प्रदान गर्न सुसज्जित छ र यहाँका कर्मचारीका रूपमा यस क्षेत्रको मातृशिशु स्वास्थ्यलाई सुधार गर्न प्रतिबद्ध सरकारी स्वास्थ्यकर्मीहरूको समर्पित समूह रहेको छ । केन्द्रले यस पहलमार्फत नेपालमा मातृशिशु स्याहारको क्षेत्रमा उत्कृष्टताको नमुना बन्ने लक्ष्य लिएको छ ।

“धनुषा प्रसूति केन्द्र नेपालमा मातृशिशु स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भन्नुभयो । “यसका ढोका खुला भएसँगै यसले गर्भावस्था र प्रसवसँग सम्बन्धित जोखिमहरूलाई उल्लेखनीय रूपमा कम गर्ने लक्ष्य राखी सुधारिएको स्वास्थ्य सेवामा पहुँचको नयाँ युगको सङ्केत गरेको छ । यो भवन एउटा संरचना मात्र होइन; यसले त आगामी धेरै पुस्ताभर थुप्रै नेपाली आमा र उहाँहरूका नवजात शिशुको सुस्वास्थ्यको सुरक्षा गर्ने प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ ।”

प्रसवोत्तर स्वास्थ्य तथा नवजात शिशुको स्वास्थ्यमा सुधार गर्ने र बाल मृत्युदर न्यूनीकरणमा योगदान पुर्‍याउने सङ्केत गरेको यस केन्द्रको प्रभाव प्रसूतिभन्दा परसम्म फैलिएको छ । यो ७६ वर्षदेखिको मित्रतामा अमेरिका र नेपालबिच रहेको विशेष साझेदारीको अर्को उत्कृष्ट उदाहरण हो ।

अमेरिकी रक्षा मन्त्रालयले गत दुई वर्षमा सहायता उपलब्ध गराएको यो दोस्रो प्रसूति केन्द्र हो । मोरङमा अवस्थित प्रसूति केन्द्रको स्थापनामा पनि अमेरिकाले करिब १६ करोड रुपैयाँ उपलब्ध गराएको थियो । सन् २०२२ मा निर्माण सम्पन्न भएको र ७२ वटा शय्या रहेको उक्त केन्द्रले हजारौँ महिलालाई सेवा प्रदान गर्दछ ।