६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला



अ+ अ-

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति मेला ‘लुम्बिनी इन्टरनेशनल पिस फेस्टिबल’ आयोजना हुने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यही चैत २३ र २४ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मेला आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्तरूपमा मेलाको आयोजना गर्न लागिएको हो । मेलामा म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले जनाएको छ ।

लुम्बिनीको महत्वबारे विश्वभर थप प्रचार–प्रसार गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको पूर्वपर्यटनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । सम्मेलनले लुम्बिनीलाई विश्वको पर्यटन गन्तव्यको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्द्धनसँगै बुद्धको महत्वलाई संसारभर फैलाएर बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।”

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको प्रवर्द्धन गरी विभिन्न मुलुबाट पर्यटक आकर्षण गर्न मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको सन्दर्भमा लुम्बिनीमा आयोजना गरिने मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा सांस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । सम्मेलनको माध्यमबाट दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने उहाँको विश्वास छ । काउन्सिलर सिनले चीन नेपालको विकास, पर्यटन प्रवर्द्धनका साथै नेपाली जनताको खुसीका लागि सधैँ साथमा रहेको विचार व्यक्त गर्नुभयो ।

मेलाको पहिलो दिन बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । ध्यानका लागि करिब सय जना भिक्षु–भिक्षुणी र चार सय जना सर्वसाधारण गरी झण्डै पाँच सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

दोस्रो दिन बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । कार्यक्रममा नेपाली र चिनियाँ कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नेछन् । रासस