• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ? ★   नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै ★   तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी ★   देशभर नै बदली, कोशी प्रदेशमा हावाहुरीसहित वर्षा हुँदै ★   खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना ★   कोशी प्रदेशमा छैठौं पटक सरकार गठनका लागि आह्वान ★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित



काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ए आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमात्रै बनायो । एकसमयमा नेपाल खेलमा फर्किसकेको थियो । तर, लोकेश र आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालका लागि लोकेश बमले शतक बनाए । ५६ बल खेलेका बमले ८–८ चौका र छक्काको मद्दतमा १०६ रन जोडे ।

आरिफ शेखले ४९ र विनोद भण्डारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल, कमल ऐरी, राशिद खान, हेमन्त धामी खाता समेत नखोली पेभिलियन फर्किए ।

बलिङतर्फ आयरल्यान्डका लागि फिओन हाण्ड र म्याथ्यु हुम्फेरेसले ३–३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ तथा थोमस मेइस र गाभिन होइले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन जोड्यो ।

उसका लागि पिटर मुरले ४९, केड कारमाइकल र निल रकले ३८–३८, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डिलानी ३० रनमा तथा गाभिन होए १८ रनमा अविजित रहे । अन्तिम ओभरमा नेपालले २३ रन खान पुगेको थियो ।

बलिङतर्फ नेपाल ए का कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।