• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा ★   खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन: मन्त्री श्रेष्ठ ★   विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने ★   पाल्पाका आग्नीपीडित परिवारलाई राहत ★   एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   जसपा अस्थिरताको कारक बन्दैन: अध्यक्ष राई ★   सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी ★   पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित



काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ए आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमात्रै बनायो । एकसमयमा नेपाल खेलमा फर्किसकेको थियो । तर, लोकेश र आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालका लागि लोकेश बमले शतक बनाए । ५६ बल खेलेका बमले ८–८ चौका र छक्काको मद्दतमा १०६ रन जोडे ।

आरिफ शेखले ४९ र विनोद भण्डारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल, कमल ऐरी, राशिद खान, हेमन्त धामी खाता समेत नखोली पेभिलियन फर्किए ।

बलिङतर्फ आयरल्यान्डका लागि फिओन हाण्ड र म्याथ्यु हुम्फेरेसले ३–३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ तथा थोमस मेइस र गाभिन होइले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन जोड्यो ।

उसका लागि पिटर मुरले ४९, केड कारमाइकल र निल रकले ३८–३८, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डिलानी ३० रनमा तथा गाभिन होए १८ रनमा अविजित रहे । अन्तिम ओभरमा नेपालले २३ रन खान पुगेको थियो ।

बलिङतर्फ नेपाल ए का कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।