२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

Latest
रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो-राजकुमार शर्मा अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि गभर्नर नियुक्ति मापदण्डमा अल्पकालिन अन्तरिम आदेश जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाका आग्नीपीडित परिवारलाई राहत



अ+ अ-

रामपुर । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।

रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख १९ गते वनमा सल्किएको आगोले ती ठाउँमा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला अदालत पाल्पाका न्यायाधीश दलबहादुर केसी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।

प्रजिअ काफ्लेले घर पूर्ण रूपमा क्षति भएका नागरिकको आवास निर्माण गर्न सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माण गर्न छिटो सम्बन्धित पालिकामा निवेदन दिन आग्रह गर्नुभयो । विगतका वर्षको तुलनामा पाल्पामा यस वर्ष आगलागीका घटना बढेको उल्लेख गर्दै उहाँले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।

हाल रामपुर–४ र ५ का ६ घर, पूर्वखोलाका–६ का नौ घर र माथागढी–४ का ६ परिवारलाई विपद् व्यवस्थापन कोषमार्फत तत्काल रु १५ हजारका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लाका अन्य पालिकामा आगलागीका घटनाको विवरण सङ्कलन भइरहेको छ ।

‘क्लथ एण्ड फुड बैंक नेपाल’ रुपन्देहीले रामपुर नगरपालिकाभित्र आगलागीबाट घर पूर्ण रूपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडासहित ओढ्ने ओच्छ्याउने सामग्री उपलब्ध गराएको छ । संस्थाले रामपुर–४ का तीन र ५ का पाँच परिवारलाई लत्ताकपडा, ओढ्ने ओच्छ्याउनेलगायत कपडा वितरण गरेको छ । प्रजिअ काफ्ले, क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेमप्रकाश श्रेष्ठ, थमन मल्ललगायतले राहत सामग्री वितरण गर्नुभएको हो । रासस