२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ: परराष्ट्रसचिव अमृतबहादुर राई ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह अदालतबाट एक करोड ५८ लाख जरिवाना ठहर भएका भण्डारी पक्राउ रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान नेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाका आग्नीपीडित परिवारलाई राहत



अ+ अ-

रामपुर । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।

रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख १९ गते वनमा सल्किएको आगोले ती ठाउँमा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला अदालत पाल्पाका न्यायाधीश दलबहादुर केसी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।

प्रजिअ काफ्लेले घर पूर्ण रूपमा क्षति भएका नागरिकको आवास निर्माण गर्न सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माण गर्न छिटो सम्बन्धित पालिकामा निवेदन दिन आग्रह गर्नुभयो । विगतका वर्षको तुलनामा पाल्पामा यस वर्ष आगलागीका घटना बढेको उल्लेख गर्दै उहाँले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।

हाल रामपुर–४ र ५ का ६ घर, पूर्वखोलाका–६ का नौ घर र माथागढी–४ का ६ परिवारलाई विपद् व्यवस्थापन कोषमार्फत तत्काल रु १५ हजारका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लाका अन्य पालिकामा आगलागीका घटनाको विवरण सङ्कलन भइरहेको छ ।

‘क्लथ एण्ड फुड बैंक नेपाल’ रुपन्देहीले रामपुर नगरपालिकाभित्र आगलागीबाट घर पूर्ण रूपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडासहित ओढ्ने ओच्छ्याउने सामग्री उपलब्ध गराएको छ । संस्थाले रामपुर–४ का तीन र ५ का पाँच परिवारलाई लत्ताकपडा, ओढ्ने ओच्छ्याउनेलगायत कपडा वितरण गरेको छ । प्रजिअ काफ्ले, क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेमप्रकाश श्रेष्ठ, थमन मल्ललगायतले राहत सामग्री वितरण गर्नुभएको हो । रासस