९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

आरसीबीमा ‘वाटर ब्वाई’ थिए ट्राभिस हेड, जसले अहिले हैदरावादमा तहल्का पिटेका छन्

आरसीबीमा ‘वाटर ब्वाई’ थिए ट्राभिस हेड, जसले अहिले हैदरावादमा तहल्का पिटेका छन्
अ अ+ अ-

एजेन्सी । ट्राभिस हेडले आईपीएल २०२४ मा अहिलेसम्म धेरै विस्फोटक इनिङ खेलेका छन् । लखनउ सुपर जाइन्ट्स विरुद्ध खेलिएको प्रतियोगिताको ५७ औँ खेलमा हेडले उत्कृष्ट इनिङ खेल्दै ३० बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८९ रन बनाए ।

यो सिजनमा ट्राभिस हेडले विस्फोटक ब्याटिङ गरेको यो पहिलो पटक होइन, तर सुरुदेखि नै उनी यसरी ब्याटिङ गर्दै आएका छन् । तर यीनै ट्रेभिड हेड आरसीबीमा ‘वाटर ब्वाई’ थिए ।

हैदरावादबाट खेल्नुअघि ट्रेभिड हेड २०१६ र २०१७ मा रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा थिए । उनले आरसीबीका लागि धेरै मौका पाएनन् । सामाजिक सञ्जालमा एउटा तस्विर निकै भाइरल भइरहेको छ, जसमा हेडले पानीको बोतल समातेको देखिन्छ ।

तस्बिर सेयर गर्दै लेखिएको थियो, ‘बिलिभ मि, ट्राभिस हेड आरसीबीमा वाटर ब्वाई थिए ।’ तस्बिरमा हेड बैंगलोरका स्टार ब्याट्सम्यान एबी डिभिलियर्ससँग बाउन्ड्री रेखा नजिक पानीको बोतल समातेर उभिएको देख्न सकिन्छ ।

हेड दुई वर्ष २०१६ र २०१७ को लागि आरसीबीको एक हिस्सा थिए । तर, उनले दुई वर्षमा १० खेल मात्र खेल्न पाए । १० खेलमा ब्याटिङ गर्दै हेडले २९–२९ को औसत र १३८.५१ को स्ट्राइक रेटमा २०५ रन बनाए, जसमा उनको उच्च स्कोर अविजित ७५ रन थियो । २०१७ पछि, हेड आरसीबीको हिस्सा थिएनन् ।

त्यसपछि आईपीएल २०२४ को लागि भएको मिनी अक्सनमा हेडलाई सनराइजर्स हैदरावादले हेडलाई ६.८० करोडमा किनेको थियो । यो सिजन हैदरावादका लागि अष्ट्रेलियाका ब्याट्सम्यान निकै सफल साबित भएका छन् । हैदरावादको ओपनिङको जिम्मेवारी हेडले लिएका छन् । उनी टोलीका लागि सफल ओपनर साबित भए ।

हेडले आईपीएल २०२४ मा अहिलेसम्म ११ खेल खेलिसकेका छन् । यी खेलका ११ इनिङ्समा उनले ५३.३० को औसत र २०१.८९ को स्ट्राइक रेटमा ५३३ रन बनाएका छन् । यो अवधिमा उनले १ शतक र ४ अर्धशतक बनाएका छन् । उनले ६१ चौका र ३१ छक्का प्रहार गरेका छन् ।