२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीमा ‘वाटर ब्वाई’ थिए ट्राभिस हेड, जसले अहिले हैदरावादमा तहल्का पिटेका छन्



अ+ अ-

एजेन्सी । ट्राभिस हेडले आईपीएल २०२४ मा अहिलेसम्म धेरै विस्फोटक इनिङ खेलेका छन् । लखनउ सुपर जाइन्ट्स विरुद्ध खेलिएको प्रतियोगिताको ५७ औँ खेलमा हेडले उत्कृष्ट इनिङ खेल्दै ३० बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८९ रन बनाए ।

यो सिजनमा ट्राभिस हेडले विस्फोटक ब्याटिङ गरेको यो पहिलो पटक होइन, तर सुरुदेखि नै उनी यसरी ब्याटिङ गर्दै आएका छन् । तर यीनै ट्रेभिड हेड आरसीबीमा ‘वाटर ब्वाई’ थिए ।

हैदरावादबाट खेल्नुअघि ट्रेभिड हेड २०१६ र २०१७ मा रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा थिए । उनले आरसीबीका लागि धेरै मौका पाएनन् । सामाजिक सञ्जालमा एउटा तस्विर निकै भाइरल भइरहेको छ, जसमा हेडले पानीको बोतल समातेको देखिन्छ ।

तस्बिर सेयर गर्दै लेखिएको थियो, ‘बिलिभ मि, ट्राभिस हेड आरसीबीमा वाटर ब्वाई थिए ।’ तस्बिरमा हेड बैंगलोरका स्टार ब्याट्सम्यान एबी डिभिलियर्ससँग बाउन्ड्री रेखा नजिक पानीको बोतल समातेर उभिएको देख्न सकिन्छ ।

हेड दुई वर्ष २०१६ र २०१७ को लागि आरसीबीको एक हिस्सा थिए । तर, उनले दुई वर्षमा १० खेल मात्र खेल्न पाए । १० खेलमा ब्याटिङ गर्दै हेडले २९–२९ को औसत र १३८.५१ को स्ट्राइक रेटमा २०५ रन बनाए, जसमा उनको उच्च स्कोर अविजित ७५ रन थियो । २०१७ पछि, हेड आरसीबीको हिस्सा थिएनन् ।

त्यसपछि आईपीएल २०२४ को लागि भएको मिनी अक्सनमा हेडलाई सनराइजर्स हैदरावादले हेडलाई ६.८० करोडमा किनेको थियो । यो सिजन हैदरावादका लागि अष्ट्रेलियाका ब्याट्सम्यान निकै सफल साबित भएका छन् । हैदरावादको ओपनिङको जिम्मेवारी हेडले लिएका छन् । उनी टोलीका लागि सफल ओपनर साबित भए ।

हेडले आईपीएल २०२४ मा अहिलेसम्म ११ खेल खेलिसकेका छन् । यी खेलका ११ इनिङ्समा उनले ५३.३० को औसत र २०१.८९ को स्ट्राइक रेटमा ५३३ रन बनाएका छन् । यो अवधिमा उनले १ शतक र ४ अर्धशतक बनाएका छन् । उनले ६१ चौका र ३१ छक्का प्रहार गरेका छन् ।