• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने ★   पाल्पाका आग्नीपीडित परिवारलाई राहत ★   एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर ★   वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   जसपा अस्थिरताको कारक बन्दैन: अध्यक्ष राई ★   सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी ★   पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण ★   नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती ★   आरसीबीमा ‘वाटर ब्वाई’ थिए ट्राभिस हेड, जसले अहिले हैदरावादमा तहल्का पिटेका छन् ★   नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले दायर गरेको रिट दर्ता

विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने



एजेन्सी । तपाईंले हेर्नुभएको सबैभन्दा लामो चलचित्र कुन होला याद गर्नुहोस् ? सामान्यतया फिल्म डेढ देखि तीन घण्टामा समाप्त हुन्छ ।

तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि ८५ घण्टाको हलिउड फिल्म बन्यो । सन् १९८७ मा रिलिज भएको ‘द क्युर फर इन्सोम्निया’ फिल्म जुन चलिरहेको समयका कारण गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश भयो । यो जोन हेनरी टिमिस चौंथोद्वारा निर्देशित थियो ।

फिल्म ‘द क्युर फर इन्सोम्निया’ शिकागोमा ३१ जनवरी १९८७ मा रिलिज भएको थियो । फिल्मको रनिङ टाइम यति लामो थियो कि लगातार चल्दा पनि तीन दिन १३ घण्टामा अर्थात फेब्रुअरी ३ मा सकियो ।

सबैभन्दा रोचक कुरा त यो फिल्ममा कुनै पनि खालको कथा छैन । वास्तवमा, कवि एन्डी ग्रोबनले आफ्नो ५ हजार पृष्ठको कविता सुनाउँछन् । यसका साथै फिल्ममा हेभी मेटल म्युजिकका साथै केही ठाउँमा पोर्नोग्राफी दृश्य पनि समावेश गरिएको छ ।

यसको नामले देखाउँछ, यो फिल्म अनिद्राको समस्याको सामना गरिरहेका मानिसहरूका लागि बनाइएको हो । यो चलचित्र घरमा हेर्नको लागि डीभीडी वा अन्य ढाँचाहरूमा रिलीज गरिएको थिएन । यही कारणले गर्दा फिल्मको धेरैजसो प्रतिलिपिहरू उपलब्ध छैनन् ।