काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य केही देशको विनिमयदर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९८ तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ २९ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २६ पैसा तोकिएको छ । सोमबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।