२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकामो ७:४५ बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा राजस्थान र दिल्ली दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । राजस्थान पहिलो खेलमा विजयी भएको थियो भने दिल्लीले पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको थियो भने दिल्ली पञ्जाब किङ्ससँग चार विकेटले पराजित भएको थियो ।

हेड-टु-हेड

आईपीएलमा हालसम्म राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच कुल २७ खेल खेलिएको छ । जसमा १४ खेलमा राजस्थान रोयल्स विजयी भएको छ भने १३ खेल दिल्ली क्यापिटल्सले जितेको छ ।

राजस्थानको घरेलु मैदानमा हालसम्म यी दुई टोलीबिच कुल ६ खेल खेलिएकोमा रोयल्सले चार खेलमा सफलता हात पारेको छ । बाँकी दुई खेलमा भने दिल्ली क्यापिटल्स विजयी भएको छ ।

पछिल्लो ६ वर्षयता भने राजस्थान रोयल्सले आफ्नो घरेलु मैदानमा दिल्लीलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१८ मा राजस्थानले जयपुरमा दिल्लीलाई हराएको थियो ।

आईपीएलको जारी सिजनमा संजु सामसन राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्धको पहिलो खेलमा अविजित ८२ रन बनाएका थिए ।

यस्तै, राजस्थानका लागि ट्रेन्ट बोल्डले सर्वाधिक विकेट लिएका छन् । उनले पहिलो खेलमा दुई विकेट लिएका थिए ।

यस्तै, यस सिजनमा कुलदीप यादव दिल्ली क्यापिटल्सका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले आफ्नो पञ्जाबविरुद्धको खेलमा दुई विकेट लिएका थिए । कुलदीपसँगै खलिल अहमदले पनि दुई विकेट लिएका थिए ।

पहिलो खेलमा ब्याटिङमा भने कुनै पनि खेलाडी चल्न सकेका थिएनन् । दिल्लीका लागि साई होपले सर्वाधिक ३३ रन बनाएका थिए ।

वर्षाको सम्भावना न्यून

बिहीबार जयपुरमा चर्को गर्मी हुने देखिन्छ । मौसम विभागका अनुसार आज जयपुरमा वर्षाको कुनै सम्भावना छैन । बिहीबार जयपुरको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने बताईएको छ ।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ ११ :

संजु सामसन (कप्तान, विकेटकिपर), यशस्वी जैसवाल, जस बट्लर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र सन्दीप शर्मा ।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ ११:

ऋषभ पन्त (कप्तान/विकेटकिपर), डेभिड वार्नर, मिचेल मार्स, साई होप, रिकी भुई वा अविषेक पोरेल, अक्षर पटेल, सुमित कुमार वा ललित कुमार, कुलदीप यादव, खलिल अहमद, एनरिच नोर्जे र इशान्त शर्मा ।