२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

राज्य व्यवस्थामा रवि, रिस फेर्ने थलो !

राज्य व्यवस्थामा रवि, रिस फेर्ने थलो !
अ अ+ अ-

काठमाडौं । संसद्का विषयगत समितिका आ–आफ्ना क्षेत्राधिकार छन् । तोकिएको क्षेत्राधिकारमा रहेर समितिहरुले आफ्ना काम गर्न पाउँछन् । तर कहिले काहिँ एउटै विषयमा फरक–फरक समितिले छानबिन र अनुसन्धान गरिरहेका हुन्छन् । अझ कति समितिले आफ्नो क्षेत्राधिकारभन्दा निकै परका विषयमा प्रवेश गर्ने गरेको देखिन्छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा पनि यस्तै भयो । समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलका लागि भन्दै बोलायो । राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलाउनु अनौठो थिएन । तर के विषयमा छलफल हुन्छ भन्ने जानकारी सदस्यहरुलाई दिइएको थिएन । गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको मात्र भनिएको थियो ।

राज्य व्यवस्था समितिको सभापति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा छन् । उनैले गृहमन्त्री रविलाई बोलाएर स्पष्टीकरणको मौका दिएका हुन् । जबकी कांग्रेसले संसद्मा रविलाई गृहमन्त्रीको रुपमा स्वीकार नै गरेको छैन । विधेयक पेश गर्न रोस्ट्रममा जानबाट रोक्ने कांग्रेसले समितिमा भने उनैलाई बोलाइए स्पष्टीकरणको मौका दिएको छ । त्यो पनि समितिको विषयभन्दा बाहिर रहेर ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई लिएर नेकपा एमालेका सांसदहरु सन्तुष्ट थिएनन् । सांसद पृथ्वी सुब्बा गुरुङले त अस्पष्ट एजेन्डा राखेर छाटो समयमै बैठक राखिएको भन्दै आपत्ति नै जनाए । त्यति मात्र होइन, कार्यक्षेत्रभन्दा बाहिरको विषयमा समितिमा छलफल चलाइएको उनको भनाइ थियो । उनले सभापतिले समितिलाई आफूअनुकूल चलाउन खोजेको आरोप लगाए । कास्कीका सांसदसमेत रहेका एमाले नेता गुरुङले भने, ‘सहकारी र लघुवित्त गृह मन्त्रालय मातहत होइन । तर, समितिमा यी विषयमा किन छलफल चलाइयो ?’ भन्दै प्रश्न गरे ।

एमालेका अर्का सांसद कृष्णगोपाल श्रेष्ठले समितिका सभापति खतिवडाको बैठक चलाउने तरिका नमिलेको भन्दै आपत्ति जनाए भने सांसद रघुजी पन्तले पनि छोटो समयमा विना तयारी बैठक डाकेको भन्दै विरोध जनाए ।

बैठकको एजेण्डा गृह मन्त्रालयसँग सम्बन्धित भए पनि गृहमन्त्री, रक्षा मन्त्री, गृहसचिवदेखि सुरक्षा निकायका प्रमुखको पनि उपस्थिति थियो । सांसदहरुले जे सुकै विषयमा पनि आफ्नो धारणा राखिरहेका थिए ।

बैठक सञ्चालनको तरिका हेर्दा गृहमन्त्रीलाई लज्जित बनाउने उद्देश्य सभापति खतिवडाको थियो । तर त्यसभन्दा फरक ढंगले बैठक अघि बढ्यो । कांग्रेसका सांसदहरुले नै गृहमन्त्री विरुद्ध ठोस प्रमाण देखाउन सकेनन् । त्यति मात्र होइन, बैठकमा बोल्ने कांग्रेसका सांसदहरुमध्ये धेरैले गृहमन्त्रीको सहकारी ठगी प्रकरणको कुरा नै उठाएनन् ।

सत्ता गठबन्धनबाट बाहिरिनुपर्दाको पीडाबाट गुज्रिरहेको कांग्रेस गृहमन्त्री लामिछानेप्रति आक्रामक छ । सहकारी ठगीमा नाम जोडिएका लामिछानेको छानविनका लागि संसदीय समिति माग गर्दै आएको कांग्रेस समितिमा बैठकमा पनि लामिछानेप्रति आक्रामक हुने अनुमान गरिएको थियो । तर दिलेन्द्रप्रसाद बडुले मात्र सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गृहमन्त्री रवि लामिछाने पदबाट बाहिरिनुपर्ने बताए । कांग्रेसका अरु सांसदले त्यसबारे खासै बोलेनन् ।

बरु उल्टै प्रमुख बसन्तबहादुर कुँवरले नै गृहमन्त्री लामिछानेको सहकारी ठगीमा कतै संलग्नता नदेखिएको दाबी गरे । उनले अहिलेसम्म लामिछानेविरुद्ध कुनै ठोस प्रमाण नदेखिएको तर्क गर्दै उनको बचाउ गरे । प्रहरी प्रमुखको तर्कले गृहमन्त्रीलाई नै लाभ पुर्‍याएको छ ।

गृहमन्त्री लामिछानेले समिति बैठकमा सहकारीको विषयमा केन्द्रित भएर जवाफ दिए । संसद्मा बोल्न पाए कांग्रेसले उठाएको सहकारी मुद्दाको विषयमा राम्ररी पढाउने अभिव्यक्ति दिएका लामिछानेले समितिमा पनि यसलाई राम्रो प्राथमिकता दिएर आफूलाई निर्दोष देखाउने प्रयास गरे । समितिको यो बैठक रवि लामिछाने र रामहरि खतिवडाको जुँगाको लडाइमा मात्र सीमित भयो ।