२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने

गठबन्धनमा विश्वासको संकट, कांग्रेसलाई भ्रम चिर्ने अवसर

गठबन्धनमा विश्वासको संकट, कांग्रेसलाई भ्रम चिर्ने अवसर
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम २ र प्रदेशसभातर्फ बझाङ १ (क)को उपनिर्वाचनमा सत्ता गठबन्धन पाँच दलका छुट्टाछु्ट्टै उम्मेदवार हुने भएका छन् । गठबन्धन दलमा साझा उम्मेदवार बनाउने विषयमा सहमति नहुँदा एक्लाएक्लै उम्मेदवारी घोषणाको होड चलेको छ । यसले गठबन्धनमा विश्वासको संकट त देखिएको छ नै फुटको बिजारोपण पनि यही विषय बन्न सक्छ ।

इलाम र बझाङमा गठबन्धनका दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले उम्मेदवार नै घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारको खोजीमा छ । उसले शनिबारसम्म उम्मेदवार तय गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले निर्वाचनमा एक्लै उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार तय गरेको छैन । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ ।

यसरी गठबन्धन दलहरुले एक्लाएक्लै उम्मेदवारी दिने भनेको सुन्दा मित्रवत् प्रतिस्पर्धा हुने बुझिन्छ । तर गठबन्धनभित्र यसभित्र अर्कै खेल रहेको अर्थ लगाउनेहरु पनि छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमालेलाई दबाबमा राख्न मात्र उम्मेदवारी घोषणा गरेको हुनसक्छ । किनकी यो निर्वाचन क्षेत्र नेकपा एमालेले जितेको ठाउँ हो । कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि एमालेका सुवासचन्द्र नेम्वाङले इलामबाट चुनाव जितेका थिए । अहिले पुरानो गठबन्धन भत्किएको र नयाँ गठबन्धन बनेको अवस्थामा एमालेका लागि यो क्षेत्र सहज छ । तर पनि प्रदेशका मुख्यमन्त्रीसहितको भागबन्डा मिलाउन एमालेलाई दबाब दिने रणनीति अरु दलले बनाएको सहजै बुझ्न सकिन्छ ।

चुनावमा गठबन्धन गरेर जानु पक्कै पनि लोकतान्त्रिक संस्कार होइन । तर यो २०७४ सालको निर्वाचनदेखि दोहोरिँदै आएको छ । २०७४ सालमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो भने २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धन । यसले लोकतान्त्रिक संस्कारको धज्जी त उडाएको थियो नै मतदाताले निष्पक्षढंगले जनप्रतिनिधि चयनमा समेत अवरोध पुगेको थियो । अब यो उपचुनावदेखि चुनावी गठबन्धन नहुने हो भने दलहरुले आ–आफ्नो हैसियतसमेत थाहा पाउने छ । यसले दलहरुलाई सुधारिनसमेत बाध्य पार्न सक्छ ।

त्यसो त इलामको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निकै मेहनत गरी प्रचार सुरु गरिसकेको छ । यद्यपी उसले अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन । तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो लोकप्रियता परीक्षणको बहाना पनि यो उपनिर्वाचन हुनसक्छ । गठबन्धनका अन्य दलबीच चुनावी तालमेल भए पनि रास्वपाले आफ्नो जनमत परीक्षणका लागि मित्रवत् प्रतिस्पर्धाका रुपमा छुट्टै उम्मेदवारी दिनमा दुईमतसमेत देखिँदैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले इलाम र बझाङको उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । यद्यपी उसले अहिलेसम्म उम्मेदवार तोक्न सकेको छैन । तर पनि महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने निर्णय गराएको कांग्रेसले यो चुनावमा जित हात पारेर एक्लै प्रतिस्पर्धा गरेर पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टि गर्नुपर्ने छ । त्यति मात्र होइन, चुनावी गठबन्धन नगर्दा नै फाइदा हुन्छ भन्ने पक्षलाई त झन् यो उपनिर्वाचनलाई जीवनमरणको सवाल नै बनाउनुपर्ने अवस्था छ । अघिल्लो चुनावमा गठबन्धन गरेर ठूलो दल भएको आरोप खेप्दै आएको कांग्रेसलाई त्यो भ्रम चिर्नुपर्ने चुनौती पनि छ ।

चुनावी गठबन्धन गरेर पनि दीर्घकालीन हुन नसकेको यथार्थ त छँदैछ जनतामा सकारात्मक भावनासमेत सिर्जना गरेको छैन । गठबन्धन गरेपछि जनताको मन नजिते पनि चुनाव जितिहालिन्छ भन्ने भाष्य छ । यसले जनताको लोकतान्त्रिक अधिकार कुण्ठित भएको छ । दलहरु छुट्टाछुट्टै उम्मेदवारी लिएर चुनावमा गए त्यसले वास्तविक परीक्षासमेत हुने छ ।

जे भए पनि यो उपनिर्वाचनमा गठबन्धन दलले छुट्टाछुट्टै उम्मेदवारी दिने निर्णय गर्नुले गठबन्धनभित्र अविश्वास पैदा भएको अर्थका रुपमा लिइएको छ । गठबन्धनभित्रको अविश्वास र आशंकाका कारण छुट्टाछुट्टै उम्मेदवारीको होड चलेको छ । यही विषयलाई लिएर गठबन्धनमा थप अविश्वास चुलिने संकेत देखिएको छ ।

अहिले सबैभन्दा बढी चर्चा इलाम क्षेत्र नं. २ को छ । यो क्षेत्रमा २०४८ सालदेखि नै एमालेले जित्दै आएको छ । त्यसमाथि २०५६ सालपछि त सुवास नेम्वाङले नै लगातार जित्दै आएका थिए । अघिल्लो निर्वाचनमा एमालेका नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रत्यासी कांग्रेसका जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यसबेला खड्कालाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ थियो ।

अघिल्लो निर्वाचनमा समानुपातिक मतको हिसाव हेर्ने हो भने पनि एमालेले सबैभन्दा बढी २६ हजार ५ सय ६२ मत ल्याएको थियो । दोस्रो भएको २२ हजार ३ सय ३३ मत ल्याउँदा माओवादी केन्द्रले ५ हजार १ सय ५३, रास्वपाले ४ हजार ६ सय ८६, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६ र नेकपा एसले ५ सय ८६ मत ल्याएको थियो । तर, अहिले एमालेको मत पहिचानवादीहरूले काट्न सक्ने विश्लेषण भइरहेको छ । पहिलो पटक इलाममा चुनावी मैदानमा उत्रिएको रास्वपा पनि तनहुँमा झैं बाजी पर्ने दाउमा छ ।