काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवार टुंग्याएको छ ।
नेकपा एसले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भएको तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।