• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

पहिलो चरणमा चारवटा र दोश्रो चरणमा तीनवटा प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले २०७८ वैशाख १७ गते ४० जिल्लामा र  वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय हो । 

यसैगरी वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बाग्मती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको एकमन्त्रीले जानाकारी दिनुभयो । नेकपा भित्रको अन्तरकलहका कारण काम गर्न नपाएको भन्दै प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्दै निर्वाचनमा जाने निर्णय गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भने जारी छ ।